शहीद दिवसमा चन्द्रागिरि केबलकारमा विशेष छुट

maitrinews

काठमाडौं । शहीद दिवसको अवसरमा माघ १६ र १७ गते चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रर्वद्वित चन्द्रागिरि केबलकारले शहीद परिवारको परिचय प्राप्त सदस्यहरुलाई ५० प्रतिशत छुटमा टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ । शहीदको त्याग, तपस्या र बलिदानको कदर स्वरूप शहीद परिवारका सदस्यहरुलाई यस्तो व्यवस्था गरिएको हो ।
छुट व्यवस्था अनुसार कूल रु. ७ सय पर्ने केबलकार टिकट रु. ३ सय पचासमा प्राप्त
गर्न सकिनेछ । टिकट खरिद गर्दा नेपाल सरकारबाट वितरण गरिएको शहीद परिवार
सदस्य परिचय पत्र अनिवार्य रुपमा साथ मै लिई आउनुपर्ने छ । यो सुविधा लिने यात्रुले
अन्य छुट सुविधा लिन पाउनुहुनेछैन । यो सुविधा अन्तर्गतको टिकट कम्पनीको
थानकोटस्थित टिकट काउन्टरबाट मात्र लिनुपर्नेछ ।
दर्शनार्थीहरूका लागि व्यवस्था भएका सुविधा :
चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरि केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने
दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागि अशोक लेलेन्डको ४२ सिट क्षमता भएको निशुल्क बस सेवाकोव्यवस्था गरेको छ । बसहरु प्रत्येक दिन बिहान साढे सात बजेकाठमाडौंकोमहाराजगञ्ज
र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने छन्। महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस
नयाँ बसपार्क, बालाजुभाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै चन्द्रागिरि केबलकारसम्म पुग्ने छ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुँदै
चन्द्रागिरिसम्म केबलकार पुग्ने छ । यि बसहरु तत्स्थानहरु हुँदै फर्कने छन्। चन्द्रागिरि केबलकारको
टिकट काठमाडौंस्थित आईएमई सेन्टर एवम्भाटभटेनी काउन्टरबाट पनि लिन सकिन्छ ।
२०७३ साल माघ महिनाको प्रत्येक सोमबार पहिला टिकट खरिद गर्ने १०८ जनाले रु. १०८ मा नै
टिकट प्राप्त गर्न सक्ने व्यवस्था मिलाईएको छ । चन्द्रागिरिमा अहिले घोडसवारीको पनि व्यवस्था
गरिएको छ ।
चन्द्रागिरि हिल्स लिमिटेड :
काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वत धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले
अत्यन्तै महत्वपूर्ण मानिन्छ । नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने एवं बाह्य पर्यटकहरुको
नेपाल बसाईलाई एक दिन लम्ब्याउने उद्देश्यले यस पर्वतमा चन्द्रागिरि हिल्स लिमिटेडको स्थापना
भएको हो ।
समुद्री सतहबाटकरिव १,५०० मिटरको उचाईंमा रहेको चन्द्रागिरि फेदीबाट केबलकार चढेर २,५५१
मिटरको उचाईंमा अवस्थित ‘भालेश्वर महादेव’ को दर्शन गर्न सकिन्छ । म्यानुअल बालउद्यान, भ्यु
टावर, रेष्टुरेन्टर, बहुउद्देश्यीय हल सहित निर्माण गरिएको चन्द्रागिरि पर्वतबाट राजधानी सहर,
सगरमाथादेखि पश्चिममा काञ्जिरोवा हिमाल एवं अन्य हिमश्रृङ्खला सहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, तनहुँ, मकवानपुर, चितवनका पहाडी क्षेत्रसमेत देख्न सकिन्छ भने चन्द्रागिरि डाँडाको दक्षिणी भेगका टिस्टुङ्ग, फाकेल, चित्लाङका रमणीय गाउँहरू स्पष्ट रूपमा नियाल्न सकिन्छ । संभवत नेपालको पहिलो अपांङ्ग मैत्री भौतिक संरचना यहाँको अर्को विशेषता हो ।
गत साउन २४ गतेबाट व्यवसायीक संचालनमा आएको चन्द्रागिरि केबलकारको
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत मङ्सिर ३० गते समुद्घाटन गर्नुभएको थियो ।
विश्वविख्यात केबलकार निर्माता अष्ट्रियन कम्पनी डोप्लमेयरको प्रविधि जडित चन्द्रागिरि केबलकारले प्रतिघण्टा एक हजार जनासम्म यात्रु बोक्ने क्षमता राख्दछन् । केबलकार संचालनमा आएदेखि २०७३ साल पौष मसान्तसम्म २ लाख ८९ हजार ४१५ जनाले केबरकारको यात्रा गरेर भालेश्वर महादेवको दर्शन गरिसक्नु भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोस्र्ट एण्ड सुलिभानले चन्द्रागिरि हिल्स लिमिटेडलाई ‘बेष्ट न्यू डेस्टिनेसन अवार्ड २०१६’ बाट सम्मानित गरिसकेको छ ।