गीतकार किरण खरेल सम्मानित

काठमाडौ। वरिष्ठ गीतकार किरण खरेललाई यस वर्षको माधव घिमिरे गीत पुरस्कारबाट सम्मान गरियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सोमवार आयोजना गरेको कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेले खरेललाई सो पुरस्कार प्रदान गरे । पुरस्कारको राशि रु २१ हजार छ ।

Kiran Kharel

सो अवसरमा राष्ट्रकवि घिमिरेले नेपाल एक वहुजातिय, वहुभाषिक, वहुधार्मिक र वहुसाँस्कृतिक मुलुक भएकाले ती सबैको एकतावाट नै देश समृद्ध हुने बताउँदै विभिन्न भाषाभाषीको साहित्यले मुलुकको गौरव र प्रतिष्ठा बढाएको बताए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटा, समाजका उपाध्यक्ष रामबाबु सुवेदी, र सम्मानित व्यक्तित्व खरेललगायतले नेपालको कला र साहित्यका विविध पक्षमाथि प्रकाश पारेका थिए । रासस
प्रकाशन मिति–२०७३ साल माघ १७ गते सोमवार ।