प्रियंकाको लाइट अन सेक्स

काठमाडौ। हाल हलिउडमा समेत अत्यन्त चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा यतिखेर आफ्नो सेक्स लाइफका कारण चर्चामा रहेकी छन्।

Priyanka Chopada

प्राय सेक्सका बारेमा मुख नखोल्ने प्रियंकाले एक टक शोमा सेक्सका सवै कुरा खोलेकी छन्। कफी विथ करण नामक एक बलिउडको टेलिभिजन टक शोमा सोधिएको सवै प्रश्नको सहज रुपमा उत्तर दिएकी छन्। तपाईले कहिले लाइट अन गरेर सेक्स गर्नुभएको छ भन्ने प्रश्नमा पनि सहज ढंगवाट आफूले त्यो कार्य पनि गरेको भनेकी छन्।

के तपाईले फोन सेक्स गर्नुभएको छ भन्ने अर्को प्रश्नमा पनि मज्जाले गरेकी छु भनेर प्रश्न सोध्नेलाई पनि हैरान बनाइ दिएकी छन्। के बाथरुममा कसैसंग नुहाउनु भएको छ भन्ने प्रश्नमा त्यो पनि गरेकी छु भनेर प्रियंकाले खुलेआम भनेर आफ्नो सेक्स लाइफलाई सार्वजनिक गरिदिएकी छन्।
प्रकाशन मिति–२०७३ साल माघ १७ गते सोमवार ।