दीपाश्रीलाई छक्का–पञ्जाको कार उपहार

काठमाडौ। सुपरहिट चलचित्र छक्का–पञ्जाकी निर्देशक दीपाश्री निरौलालाई कार उपहार मिलेको छ। छक्का–पञ्जाको अपार व्यावसायिक सफलतावाट मिलेको खुशीमा छक्का–पञ्जा टीमले निर्देशक निरौलालाई कार उपहार दिएको निरौलाले भनेकी छन्।
नगद ४० लाख रुपैया पर्ने हुन्डाईको रातो कार निरौलालाई प्राप्त भएको छ। काठमाडौको नक्साल स्थित हुन्डाईको शोरुमवाट उक्त कार निरौलाले चढेकी हुन्। हरेक कार्य गर्दा ज्योतिषको सर–सल्लाह अनुसार चल्ने निरौलाले ज्योतिषको सल्लाह अनुसार कार र कारको रंग तथा नंबर छनौट गरेर लिएकी हुन्।
धर्म–कर्ममा अत्यन्त विश्वास गर्ने निरौला कार पाउनुलाई राम्रो काम गरेको पुरस्कार भन्न रुचाउंछिन्। यसअघि निरौलाले सिल्भर कलरको सेन्ट्रो कार चढ्दैआएकी थिइन्।
प्रकाशन मिति–२०७३ साल माघ १८ गते मंगलवार ।