म्याडोनाको ब्रा र पेन्टीको लागि हारलुछ

काठमाडौ। हलिउडको सेक्सी गायिकाको रुपमा विश्वविख्यात गायिका म्याडोनाले विभिन्न महत्वपूर्ण च्यारिटीमा पहिरेका पहिरनलाई लिलामीमा राख्ने गरेकी छन् । उनको पहिरनले लिलामी बजारमा महंगो मूल्य पाउने गरेको छ ।

Madona.1

विशेषत म्याडोनाले लगाउने भित्री बस्त्र ब्रा र पेन्टी लिलामीमा हारलुछ नै हुने गरेको लिलाम गर्ने जुलियन अक्सन्स डटकमले जनाएको छ । म्याडोनाको वेडिङ ड्रेससहित अन्य पहिरनमो सबैभन्दा बढी मूल्य चलचित्र डेस्परेट्लि सिकिङ सुसानमा उनले लगाएको ज्याकेटले पाएको छ ।

उक्त ज्याकेटको मूल्य २ लाख ५२ हजार अमेरिकन डलरमा हालै लिलामी भएको छ । त्यसमा लगाइएको इयर रिंग ३४ हजार ३ सय ७५ डलरमा लिलाम गरिएको छ । एक एल्बमको म्युजिक भिडियोमा म्याडोनाले लगाएको पहिरनले ७३ हजार १ सय २५ डलर पाएको छ भने अन्य चलचित्र एवं विभिन्न कार्यक्रमहरूमा लगाएका थुप्रै पहिरनले हजारौं डलर पाएका छन् ।

Madona
प्रकाशन मिति–२०७३ साल माघ १८ गते मंगलवार ।