रोलक्रम मिचेर नेपाल प्रहरीको आईजीपीमा जय बहादुर चन्द नियुक्त–सशस्त्र प्रहरी प्रमुखमा सिंह बहादुर श्रेष्ठ

काठमाडौ। आईजीपीका दाबेदार चार डीआईजीमा वरियता क्रममा तेस्रो नम्बरका जय बहादुर चन्दलाई नेपाल सरकारले नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी) पदमा नियुक्त गरेको छ। आइतबार बिहान बसेको बैठकले चन्दलाई आईजीपीमा नियुक्त गरेको हो।
पहिलो नम्बरमा नवराज सिलवाल र दोस्रो नम्बरमा प्रकाश अर्याल रहेका छन्। रोलक्रम तथा नियम मिचेरै चन्दलाई सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबावमा प्रहरी प्रमुख आईजीपी बनाइएको हो ।
यता मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको प्रमुखमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ। सशस्त्र प्रहरी प्रमुखका लागि श्रेष्ठसँगै एआईजी प्रेमबहादुर शाही र प्रकाश ओझा दाबेदार थिए। सशस्त्रमा श्रेष्ठ रोलक्रम अनुसार पहिलो नंबरमा नै रहेको कारण कुनै विवाद देखिएको छैन्। श्रेष्ठलाई सत्ताधारी नेकपा माओवादी केन्द्रको कोटावाट प्रमुख बनाइएको हो।
प्रकाशन मिति–२०७३ साल फागुन १ गते आइतवार ।