गृहमन्त्रीव्दारा स्ववियु निर्वाचनमा सुरक्षा व्यवस्था मिलाउन निर्देशन

काठमाडौ। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले यही फागुन १४ गतेका लागि निर्धारण गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
बुधवारआयोजित निर्वाचनसँग सम्बन्धित निकायसँगको छलफलका क्रममा उपप्रधानमन्त्री निधिले स्ववियु निर्वाचनमा अख्तियार गर्नुपर्ने सुरक्षाका विषयबारे तीनवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका हुन् ।
स्ववियु निर्वाचन निर्धारित समयमै गराउनेबारे बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।
प्रकाशन मिति–२०७३ साल फागुन ४ गते बुधवार ।