कविता

अस्तित्व
–स्वजन रघुबंशी
म जे छु ठिक छु
राम्रो मान्छे नि हुन्छु
नराम्रो नि हुन्छु
म कालो बादल नि हुन्छु
म सेतो बादल नि हुन्छु
घमासान बर्षा गराउन नि सक्छु
असिना नि बर्साउन सक्छु
सिम सिम पानी पराउन नि सक्छु
कोमल हिउ छराउन नि सक्छु
सुन चादी हिरा मोति तामा पित्तल दलौत फलाम
जे नि हुन सक्छु
म मा सकारात्मक कुरा नि छ
म मा नकारात्मक कुरा नि छ
जे छु मा आफ्नैपन भएको मान्छे हु
कसैको लागि म आफ्नो बानि फरक गर्न सक्दिन
कसैले भन्दैमा म आफ्नो बानि फरक गर्न सक्दिन
जे म मा छ त्यो म भित्रै छ
स्वजन नाम अरुको हुन सक्छ
तर मेरो अस्तिव म भित्र मात्रै छ ।
प्रकाशन मिति–२०७३ साल फागुन ४ गते बुधवार ।