पाथीभरा राष्ट्रिय भलिबलमा आर्मी र एपिएफ विजयी

maitrinews

ताप्लेजुङ। मङ्गलबारदेखि जारी दोस्रो पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल आर्मी र एपिएफ विजयी भएका छन् ।
पहिलो खेलमा आर्मीले २५–१५, २५–२३, र २५–१८ बाट लगातार पूर्वाञ्चललाई हराएको हो । यता दोस्रो खेलमा एपिएफले पनि २५–१७, २५–१६ र २५–१५ बाट लगातार मध्यमाञ्चललाई हराएको छ ।

बिहीबारसम्मको खेलको नतिजानुसार आर्मी र पुलिसको समान ६ अङ्क भएको छ । एपिएफको ३, पूर्वाञ्चलको २ र मध्यमाञ्चलको १ अङ्क छन् । प्रतियोगिताका विजेतालाई रु तीन लाख ३० हजार र उपविजेतालाई रु एक लाख ६५ हजार पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ । खेल पर्यटनको माध्यमबाट जिल्लालाई देश तथा विदेशमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ आयोजना गरिएको यो प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।