निद्राविना मस्तिष्कले ठीक काम गर्न सक्दैन

काठमाडौँ ।पर्याप्त र राम्रो निद्रा स्वास्थ्यका लागि आवश्यक हुन्छ । निद्रा वि श्रामको गहिरो प्राकृतिक तरिका हो । निद्राले शरीरका अंग र मन(मस्तिष्कलाई गहन वि श्राम दिन्छ । एक प्रकारले मन।मस्तिष्क तथा सम्पूर्ण शरीरलाई रिचार्ज गर्छ भन्दा हुन्छ । निद्राबिना मस्तिष्कले ठीक काम गर्न सक्दैन ।
निद्राले मन तथा शरीरलाई अनेकौं फाइदा दिन्छ । शारीरिक तथा मानसिक थकान हटाउछ । मन।मस्तिष्क तथा सम्पूर्ण शरीरलाई पनुर्ताजगी गर्छ । शरीरमा नयाँ शक्ति सञ्चार गर्दछ । रोगप्रतिरोध शक्ति बढाउँछ । स्वास्थ्य ठीक राख्छ । ओजतेज बढाउँछ । मनलाई पनि आराम दिन्छ । उपर्युक्त लाभ प्राप्त गर्न दैनिक ६ देखि आठ घन्टा गाढा निद्रा सुत्नु आवश्यक छ । प्रत्येक दिन ६ घन्टाको गहिरो तथा निश्चिन्त निद्रा पूर्ण वि श्रामको प्रक्रिया हो ।
अनेक कारणले गर्दा कतिपय मानिसलाई ठीकसँग पर्याप्त निद्रा लाग्दैन । कहिलेकाहीँ निद्रा नलाग्नु समान्य हो । तर लगातार अनिद्राको समस्या देखिनु अनिद्रा रोग ९इनसोम्निया० भएको हुन सक्छ । यो रोगबाट विश्वका करिब ३० प्रतिशत मानिस प्रभावित छन् । भागदौडको जीवनशैलीसँगै यो समस्या संसारभरि फैलिएको छ । नेपालमा पनि अनिद्राबाट पीडितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
अनिद्राका लक्षण
अनिद्रा रोगको प्रमुख लक्षण भनेको नै निद्रा नलाग्नु हो ।
प्रायः दिनदिनै निद्रा नलाग्नु ।
राति वा बिहानै निद्रा टुट्नु । निद्रा टुटेपछि पुनः निदाउन कठिन हुनु ।
बिहान उठ्दा टाउको भारी हुनु ।
टाउको दुख्नु । दिनभर ज्यादै थकाइ लाग्नु आदि
अनिद्राका कारण
तनाव, डिप्रेसन, चिन्ता तथा मानसिक समस्या ।
दम आदि रोग हुनु ।
चियाकफी तथा चुरोट रक्सीको अधिक सेवन ।
४० वर्षदेखि ६० वर्ष उमेरका मानिसमा बढी अनिद्रा समस्या देखा पर्न सक्छ ।
मोटोपना तथा अत्यधिक भोजन पनि निद्राको समस्या बन्न सक्छ ।
उपचार
अनिद्रा रोग के कारणले सुरु भएको हो भन्ने पत्ता लगाएर त्यसको उपचार थाल्नुपर्छ ।
सकारात्मक जीवनशैली अपनाउनु नै अनिद्राको प्रभावकारी उपचार हो ।
निद्राको औषधि स्थायी समाधान होइन ।
अनिद्रा रोगीले अनिद्राबाट छुटकारा प्राउन चियाकफी आदि कम गर्नुपर्दछ ।
धूमपान तथा मद्यपान गर्नु हुँदैन । व्यायाम गर्ने बानी बसाल्नुपर्छ ।
ठीक समयमा सुत्नुपर्छ ।
घर, आँगन, कोठा तथा बिछ्याउना सफा सुग्घर राख्नु पर्दछ ।
सुत्नुभन्दा करिब तीन घन्टा पहिला खाना खाने गर्नुपर्छ ।
सुत्नु पहिला राम्रोसँग हातमुख खुट्टा धुनु पर्दछ ।
लाखखुट्टे तथा कीरा फट्यांग्राबाट बच्न झूल प्रयोग गर्नुपर्दछ ।
बिछ्यौनामा गएपछि सम्पूर्ण शरीरलाई शिथिल छोडिदिएर निश्चिन्त भई सुत्नु पर्दछ ।