अनुत्पादक क्षेत्रमा ऋण जानु वाध्यता हो— सुमन जोशी, बैंकर

यसपालीको पुँजीगत समस्याको जड के हो ?
मेरो बिचारमा सबै नै हुन्। राष्ट्र बैंकको नियमनबाट आएको पूँजी बृद्धिको कुराबाट सुरु हुन सक्ला। तर त्यसलाई मात्र दोष दिन मिल्दैन। उसले दुई बर्षमा आठ अर्ब पुर्याउ भनेपछि ‘प्रेसर’ त पर्छ। र, त्यो प्रेसर लगानीकर्तालाई पर्यो। लगानीकर्ताले सजिलैसँग व्यवस्थापनलाई उक्त ‘प्रेसर पासअन’ गरे। त्यो बेला चाहिँ प्रोफेसनल बैंकरहले ‘रियलस्टिक’ पोजिसन लिनुपर्ने थियो। ‘चार गुणा पूँजी बृद्धिको प्रतिफल दुई बर्षमा कसरी मेन्टन गर्न सक्छु ? इकोनोमीले धान्छ र ? ’ भन्ने प्रश्न ‘प्रुडेन्ट बैंकर’ आफैँलाई गर्नुपर्ने थियो।
पूँजी बढ्यो र ‘टार्गेट ग्रोथ’ पनि ५०र६० प्रतिशत भइदियो। यो टार्गेट किन लिनु ? यो त रियलस्टिक होइन नि। अहिले भन्नलाई भनेजस्तो हुन्छ। तर वास्तविकता त यही हो नि।
हामीले बैंकरबाट सँधैभरी सुन्दै आएको बैंक ‘सर्टटर्म विजनेस’ होइन भन्ने हो। तर जब उनीहरुले व्यवहारमा पुष्टि गर्नुपर्ने थियो त्यो बेला भने पूँजी बृद्धि जसरी नै दुई बर्षमै ठूलो ‘ग्रोथ’को लक्ष्य लिए। आखिर ‘लङ टर्म’ त भन्ने कुरा मात्र रहेछ ?
एकदमै। अहिले हामीले ‘कमेन्ट’ गर्दा यो धेरै जान्ने भयो भन्ने कुरा आउला। तर, हरेक डिसिजन ‘प्रुडेन्ट’ हुनुपर्थ्यो। त्यो भएन।
‘प्रोडक्टिभ’ क्षेत्रबाट लोनको माग भएन र हामी उता जान वाध्य भएका हौं भन्ने पनि तर्क बैंकरबाट सुनिन्छ ?
उत्पादनमूलक र अनुत्पादकमा त्यति धेरै बहस गर्नुपर्छ जस्तो मलाई लाग्दैन। यि मध्ये जुन क्षेत्रमा पैसा गए पनि त्यो इकोनोमीमै हुन्छ। घर बनाउन दिएको पैसामध्ये कतिले घर बनाएको होला। नबनाउनेले पनि खर्च त यहीँभित्र गरेको छ नि।
राष्ट्र बैंकले यो यो क्षेत्रमा ऋण दिउँ भन्ने र त्यो अनुसार भएन भने गुनासो गर्नु एउटा पाटो हो। त्यो ठिकै पनि होला। तर, अर्थतन्त्रलाई समग्रमा हेर्दा अनुत्पादकमा लोन गयो भनेर त्यति आत्तिनु पर्दैन। प्रश्न एकै पटक ठूलो ‘ग्रोथ’ टार्गेट मात्र हो।यतिभन्दा भन्दै बैंकले जसरी ऋण दिए त्यो त इकोनोमीमा रिफ्लेक्ट भएन भन्ने तर्क त छन् नि ?
कसरी रिफ्लेक्ट भएन ? पूर्वाधार निर्माण भइरहेकै छ। उपभोगलाई पनि ‘रिफ्लेक्ट’ होइन भन्न मिल्दैन। आयातमा आधारित अर्थतन्त्र भएपछि आयात बढ्नुलाई रिफ्लेक्ट भयो भन्ने कि नभन्ने ? ६ महिनामा गाडी यति धेरै आए की काठमाडौंको ट्राफिकमै समस्या आयो। आयात बढ्दाका केही नकारात्मक पक्ष छन् तर आर्थिक गतिविधि त ब्यापक रुपमा भएकै छ नि। मान्छेहरु बिदेश घुम्न समेत निस्किन थाले।
कारक त यही भयो नि। अनुत्पादक ऋण जस्ता गतिविधिले नै तरलता अभाव भयो नि आखिरमा ?
अनुत्पादकमा जानु वाध्यता हो नि। अरु क्षेत्र पनि भएनन् ऋण जानलाई। अब कहाँ लगानी गर्ने त पैसा कमाएपछि ? यो बैंकसँग मात्र सम्बन्धित छैन। मान्छेले कमाइ गरेपछि त खर्च गर्छ। अनौपचारिक आम्दानी धेरै भयो। इकोनोमीबाटै पैसा कमाएका हुन्। हो, त्यो फरमलको नेटभित्र मात्र नआएको हो। त्यो कमाइ भएको पैसा इकोनोमीभित्रै रहँदासम्म नकारात्मक रुपमा हेर्न आवश्यक छैनजस्तो लाग्छ।
अनुत्पादक भनेर जाने हो भने औपचारिक र अनौपचारिकलाई पनि ट्रयाक गर्दै जानुपर्छ। ‘इनफरमल’लाई घटाउँदै गएमात्र अनुत्पादक कम गर्न सकिन्छ।
अहिलेको समस्या आउनुमा राष्ट्र बैंकको तर्फबाट कहाँनेर गल्ति भयोजस्तो लाग्छ ?
पूँजी बृद्धि एउटा कारण हो। यसको अर्थ पूँजी बृद्धि गर्नु हुन्थेन भन्ने होइन। तर पूँजी भनेको चुक्ता पूँजी मात्र हो भन्ने वुझियो। बैंकमा पूँजीको अभाव भए पूँजी कोष अनुपात ११ प्रतिशतबाट बढाएर २० प्रतिशत गर्दिए भो नि। चुक्ता पूँजीका लागि शेयर जारी गरोस् वा जगेडा कोष बढाओस्, त्यो बैंक आफैंले सोच्छ। यति गरेपछि बैंक त बलियो भैहाल्छ नि। आठै अर्ब, त्यो पनि चुक्ता पूँजी भन्नु चाहिँ गल्ती हुन गयो।
भनेपछि मौद्रिक नीतिमै केही खोट छन् ?
हो नि। पूँजी बृद्धिको नियम ल्याउनुको कारण मर्जमा जोड दिन भनिएको सुनिन्छ। त्यसका लागि त केन्द्रीय बैंकले सोझै ‘तिमीहरु मर्जरमा जाउ’ भन्न सक्थ्यो। राष्ट्र बैंकले भनेको कसले मान्दैन थियो र१ त्यतिका लागि चुक्ता पूँजी नै बढाउ किन भन्नुपर्थ्यो ?
आठ अर्ब पूँजी कसरी पुर्याउने भन्ने बिषयमा राष्ट्र बैंक पनि ‘कन्फ्युजन’मा देखियो नि हैन ?
मेरो बिचारमा मर्जरबाट आठ अर्ब पूँजी पुर्याउन् भन्ने नै चाहेको हो राष्ट्र बैंकले। त्यो नभएपछि अरु उपायमा गएको हो जस्तो लाग्छ। मेरो अर्को एउटा जिज्ञासा( ल चुक्ता पूँजी बढाउ भनेपछि बैंकहरुले किन एफपिओ जस्ता बिकल्प सोचेनन्रु किन पुराना प्रबर्धक नै ‘हाम्रै शेयर कायम रहिरहोस्’ भनेर शेयर होल्ड गरिरहने बाटोमा गए। उनीहरुले शेयर बजारको ग्रोथसँग किन आफूलाई लिंक गरे? अहिले एफपिओ गरेका बैंकहरुको राम्रो पोजिसन छ। ओरिजिनल शेयर होल्डरहरुलाई पनि प्रेसर छैन र सर्वसाधारणलाई पनि अवसर आएको छ। पूँजी पनि पुर्याउन सकेका छन्। बैंकहरु किन यो बाटोमा चैँ देखिएन ?भन्ने चाहिँ मैले नबुझेको हो।