खाली पेटमा यी खानेकुरा खानुको बेफाइदा

काठमाडौ। बिहान उठेर वा कामबाट फर्केपछि भोक लागिरहेको छ भने अगाडि जे आउँछ खाने गर्छौ । तर, खाली पेट जुनसुकै खानेकुराले भर्नु स्वास्थ्यको लागि खतरनाक सावित हुनसक्छ। प्रत्येक खानेकुरालाई खाने आ–आफ्नै समय हुन्छ । खाली पेटमा कुन–कुन खानेकुरा खानुहुन्न थाहा पाउनुहोस्।

Health

पेस्ट्री, केक – खाली पेटमा ईस्टको मात्रा बढी भएको खानेकुरा खानु खतरायुक्त हुन्छ । यस्ता खानेकुराले पेट फुल्ने समस्या बढाउँछ ।

दही – खाली पेटमा दहीले हाइड्रोक्लोरिक एसिड बनाउँछ, जसले गर्दा ल्याक्टिक एसिड भएको ब्याक्टेरिया नष्ट हुन्छ । यस्तो अवस्थामा तपाईको ब्याक्टेरियल सिस्टमलाई नराम्रो प्रभाव पर्छ ।

नासपाती – नासपातीमा कच्चा फाइबर हुन्छन्, जसलाई खाली पेटमा खाएमा श्लेष्मा झिल्लीलाई खराब गर्छ ।

टमाटर – टमाटरमा धेरैजसो टनिक एसिड हुन्छ । खाली पेटमा टमाटर खाएमा ग्यास्ट्रिक तथा अल्सरसम्म हुन सक्छ ।

कांक्रा, हरियो सब्जि – काँचो सब्जीमा एमिनो एसिड हुन्छ । यसले मुटु पोल्ने र पेट दुखाईको समस्या हुनसक्छ ।

कार्बोनेटेड ड्रिंक – कार्बोनेटेड ड्रिंग्स जस्तै, फेन्टा, कोकाकोला, पेप्सीआदि खाली पेटमा पिउनाले श्लेस्मा झिल्लीमा चोट पुग्न जान्छ र यसले रक्त सञ्चार कम भई खाना पच्नमा निकै समय लाग्छ।

केरा – केरामा म्याग्नेसिय हुन्छ, जसले रगतमा एउटा तत्व तिव्र बढ्छ। त्यसैले यो मुटुका लागि खतरनाक हुनसक्छ । (अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७३ साल फागुन ८ गते आइतवार ।