रचनाको रंगीन तरंग

रचना लामाको परिचय नायिका भन्दा मोडल नै होहट मोडल बनेर विभिन्न टिक्का–टिप्पणी र चर्चा–परिचर्चाको घेरामा रहंदैआएकी रचना मंगोल अनुहारको भने देखिएकी छैनन्।

Rachana Lama 5

लामा भएतापनि आर्यन अनुहारको भएकोले सवैले उनलाई तिम्रो बाउ लामा भएतापनि आमा त ब्राम्हण होला है भनेर जिस्काउने गरेको पाइएको छ।

रचना भने यस प्रतिक्रियामा सामान्य बन्दै आफ्नो आमा र बाउ दुवै लामा नै भएको र आफूपनि लामा नै हो भनेर स्वभाविक जवाफ दिन पछि नपरेको देखिन्छ।

अनुहारको कारण यो लामा र त्यो ब्राम्हण भनेर विभेद गर्ने परम्परालाई हामीले त्याग्नुपर्ने धारणा उनको रहेको छ। काठमाडौ गौरीघाटकी १८ बर्षिया रचना लामाको सानैदेखिको सपना नै नायिका बन्ने हो।

Rachana Lama 1बचपनको त्यो सपनालाई १८ बर्षको उमेरमा पुग्दा जसोतसो पूरा गर्ने कोशिश गरेकी छन्। नयाँ चलचित्र तरंगमा इन्जिनियरिङ्ग पढ्ने विद्यार्थीकै लिडिङ्ग रोलमा अभिनय गर्ने कार्य उनीबाट भएको छ। जिन्दगीको पहिलो चलचित्र तरंगले तरंग नै उत्पन्न गराएको महशुश उनले गरेकी छन्।

नायिका बन्ने सपना देख्न सजिलो भएतापनि नायिका बन्न यथार्थमा नै गाह्रो रहेछ । उनको यस्तै अनुभव रहेको छ।

Rachana Lama 3
प्रकाशन मिति–२०७३ साल फागुन ८ गते आइतवार ।