बनेपा–सिन्धुली–बर्दिबास राजमार्गको सिन्धुली खाल्टे भलायोटार भीरमा पहिरो जाँदा सडक अवरुद्ध

Sindhuli Bardibas 3

सिन्धुली । बनेपा–सिन्धुली–बर्दिबास (वीपी राजमार्ग) सडकखण्ड अन्तर्गत सिन्धुलीको खाल्टे भलायोटार भीरमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ।

खुर्कोट–नेपालथोक सडक खण्डमा पर्ने सितलपाटी गाविसको खाल्टे भलायोटार भीरमा आइतबार राति सडक भास्सिएर सुख्खा पहिरो गएपछि वीपी राजमार्गको नेपालथोक(खुर्कोट सडक खण्ड अवरुद्ध भएको हो।

गत बर्ष २०७२ साल बैशाख १२ गते गएको भूकम्पले थर्काएर भास्सिएको सडकमा हिजो आइतवार राती ११ बजे भलायोटार भीरको करिब ३० मिटर पक्की सडक सुनकोशी नदीमा खसेको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ।

सडक भास्सिएर सुख्खा पहिरो गएपछि रातिदेखि नै वीपी राजमार्गको नेपालथोक–खुर्कोट सडक खण्डमा यातायात आवागमन अवरुद्ध भएको छ।जसले त्यो मार्ग भएर चल्ने सवारी साधनका यात्रीहरुलाई निक्कै समस्या उत्पन्न भएको छ।

Sindhuli Bardibas 1
प्रकाशन मिति–२०७३ साल फागुन ९ गते सोमवार ।