प्रतिनिधिसभामा दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

काठमाडौँ, २४ असार । सङ्घीय संसद् प्रतिनिधिसभाले मुलुकको आर्थिक र पर्यटन क्षेत्रसँग सम्बन्धित दुई महत्त्वपूर्ण विधेयकहरूलाई विस्तृत अध्ययन र दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकले विधायकी प्रक्रिया अन्तर्गत यी विधेयकहरूलाई अगाडि बढाएको हो।

सभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक २०८२’ को प्रतिनिधिसभाबाट दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नुभएको थियो भने अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *