अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकारमा म्याकमास्टर

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जेनरल एचआर म्याकमास्टरलाई नियुक्त गरेका छन्।
रुससँग निकट सम्बन्ध राखेको भन्ने विवादका कारण कार्यभार सम्हालेको तेस्रो दिन नै माइकल फ्लिन पदबाट हटेपछि उनको ठाउँमा म्याकमास्टर आएका हुन्।
ट्रम्पले उनलाई एकदमै अनुभवि र क्षमतावान भएको र उनलाई सेनामा सबैले उच्च सम्मान गर्ने भन्दै प्रशंसा गरेका छन्।
अस्वीकार
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसअघि अवकाशप्राप्त सैनिक अधिकारी रोबर्ट होवार्डलाई राष्ट्रिय सुरक्षा सल्लाहकार छनोट गरे पनि उनले व्यक्तिगत कारण देखाउँदै पद अस्वीकार गरेका थिए।
त्यसपछि छानिएका अमेरिकी सेनामा लेफ्टिनेन्ट जेनरल रहेका उनले इराक र अफगानिस्तानमा सरकारको भ्रष्टाचारविरोधी अभियानका काम गरेका थिए।
म्याकमास्टरले किथ केलोगसँगै काम गर्नेछन् जो यसअघिका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिन पदबाट हटेपछि कार्यबहाकका रुपमा काम गर्दै आएका थिए।
केलोगको आधिकारिक पद भने राष्ट्रिय सुरक्षा परिषदका ुचिफ अफ स्टाफु हुनेछ।
म्याकमास्टर र केलोगलाई संयुक्त राष्ट्रसंघका लागि पूर्व राजदूत रहेका जन बोल्टनले सघाउनेछन्।