स्थानीय निकाय निर्वाचनको मिति घोषणसँगै मधेशका ठाउं–ठाउंमा विरोध प्रदर्शन

Nepal Map

काठमाडौ। स्थानीय निकाय निर्वाचनको मिति घोषणासँगै जनकपुरमा विरोध प्रर्दशन भएको छ। संविधान संशोधनबिना स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेको भन्दै स्थानीयवासीले विरोध गर्दै जनकपुरको विभिन्न ठाउँमा विरोध गरेका छन्।

संविधान संशोधन नगरी चुनावको मिति तयको गरेकोमा मधेसी मोर्चा धनुषाले जुलुस प्रदर्शन गर्दै विरोधका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ। तराई मधेस लोकतान्त्रिक पार्टी धनुषाका अध्यक्ष परमेश्वर साहले मधेस मुद्दाको सम्बोधनबिना घोषणा भएको स्थानीय निकायको निर्वाचनको मितिको घोषणाले मधेसमा आन्दोलनको आँधीबेरी सिर्जना हुने जिकिर गरे।

संविधान संशोधन मधेसी मोर्चाको माग जायज रहेकाले संविधान संशोधन गरी निर्वाचनमा जानुपर्ने सुझाव मोर्चाको छ। यसैगरी निर्वाचनको मिति घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलवार वीरगन्जमा मसाल जुलुस प्रदर्शन गरेको छ।

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने भन्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले भनेका छन्। यसैगरी राजविराजमा पनि मोर्चाको आब्हानमा प्रर्दशन भएको छ । बुधवार मोर्चाले मधेश बन्द आव्हान समेत गरेको छ।
प्रकाशन मिति–२०७३ साल फागुन १० गते मंगलवार ।