पुनमको फेशन शोमा छलाङ्ग

Poonam Chhetri 3

काठमाडौ। नेपाली चलचित्र निर्मात्री तथा फेशन डिजाइनर पुनम छेत्री गौतम अमेरिकामा पनि चिनिएकी छन्। पुनमको चलचित्रवाट नभइकन उनको फेशन डिजाइनको कारण यतिखेर अमेरिकामा चर्चाको विषय बनेकी हुन्।

११ फरवरीमा न्यूयोर्कमा भएको न्यूयोर्क फेशन वीक सिजन ३ मा पुनमले डिजाइन गरेका पहिरनले स्थान पाएको छ। फेशन शोमा उनले बिभिन्न जनजातीका पहिरनहरूलाई आधुनिक रुप दिई आफ्ना सिर्जनाहरु मार्फत नेपाली राष्ट्रियता झल्काउनुको अलावा हामी नेपाली एक हौ भन्ने एकताको सन्देश दिन प्रयास गरेकी छन्।

Poonam Chhetri 1

पुनमले नेपाली राष्ट्रियता तथा नेपाली संस्कृतिको पहिचानलाई आधुनिकरण गरेर बनाइएका पहिरनमा अन्तरराष्ट्रिय मोडलहरुले अमेरिकाको रैम्पमा नेपाली राष्ट्रियता झल्काएका छन्। फेशन डिजाइनर पुनमले अझैपनि नामक नेपाली चलचित्र निर्माण गरिसकेकी छन्। नेपाली चलचित्रवाट खासै उपलव्धी नभएयता उनी फेशन डिजाइनिङ्गतिर नै अत्यन्त व्यस्त बन्दै आएकी छन्। अन्तरराष्ट्रिय स्तरमा पुनमको यो छलाङ्ग नै मानिएको छ।

Poonam Chhetri 2
प्रकाशन मिति–२०७३ साल फागुन १० गते मंगलवार ।