गंगा–जमुनाको ब्युटी कमाल

Ganga Beauty 4

काठमाडौ । नायिका तथा मोडलहरुलाई पर्दा पछाडि बसेर चिरिच्याट्ट बनाउने कार्यमा विगत एक दशक देखि क्रियाशील हुंदैआएकी मेकअप आर्टिष्ट गंगा ज्यो श्रेष्ठले हालसम्म हजारौलाई सुन्दर बनाइसकेकी छन्।

Ganga Beauty 1

दश बर्षदेखि लगातार क्रियाशील बनेर यस क्षेत्रमा लाग्दा तिता–मिठा जे–जस्ता अनुभव भएतापनि काम प्रतिको लगनशीलताले नै आफूलाई सफल बनाएको आँकन मेकअप आर्टिष्ट श्रेष्ठको जिकिर रहेको छ।

Ganga Beauty 3

अग्रज नायिका करिश्मा मानन्धर देखि अनुज नायिका आशिष्मा नकर्मीसम्मको अनुहारलाई सुन्दर पार्ने कार्यमा सहयोगी भूमिका निर्वाह गरिसकेकी श्रेष्ठको कार्यबाट धेरै कलाकारहरु प्रभावित बनेका छन्। जसले गर्दा प्राय कलाकारको डिमाण्ड गंगा नै हुने गरेको राष्ट्रिय फोटोपत्रकार समूहका पूर्वअध्यक्ष तथा ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान शाक्यको भनाई रहेको छ।

Ganga Beauty 2

फोटोपत्रकार शाक्य गंगाको सहयोगी भावना तथा लगनशीलता र काममा कुशलता उनको सफलताको प्रतिक हो भन्न चुक्दैनन्।तस्वीर स्टुडियोका अर्का ख्यातिप्राप्तफोटोपत्रकार शिवलाल श्रेष्ठ गंगामा फोटोग्राफीको टेक्निक र मोडललाई पोज सिकाउने थप खुवी रहेको खुलासा गर्छन्। मोडलहरु कतिपय अवस्थामा असहज भैरहेको बेलामा पनि सरल ढंगबाट पोज सिकाउने कार्यमा समेत सहयोगी भूमिका निर्वाह गर्ने कार्य गंगाले गर्ने भएवाट गंगा मेकअप आर्टिष्टका रुपमा स्टुडियोमा आउंदा आफूलाई सहज हुने गरेको तर्क फोटोपत्रकार श्रेष्ठको भनाई रहेको छ।

Jamuna Beauty 4

 

कविन्द्रमान शाक्य देखि शिवलाल श्रेष्ठ तथा संजय रौनियारसम्म सवै फोटोपत्रकारका प्रिय मेकअप आर्टिष्ट बनेको कारण कतिपय अवस्थामा यी फोटोपत्रकारका फोटोसुट एकैदिनमा पर्दा भ्याइँनभ्याइँ हुने गरेको छ। त्यस्तो अवस्थामा उनको सहोदर मेकअप आर्टिष्ट जुडुवा बहिनी जमुना ज्यो श्रेष्ठ गएर सहयोग गर्ने गरेकी छन्।

Jamuna Beauty 3

जमुनामा पनि दिदी गंगा जतिकै मेकअप आर्टमा खुविलिटी रहेको छ। जमुना प्राय शोभाभगवती चमती रोडमा रहेको रिफ्रेस व्युटीपार्लरमा नै व्यस्त हुने गरेकी छन्। गंगा पनि फुर्सदको बेला यही पार्लरमा व्यस्त हुने गरेकी छन्। त्यसको अलावा दशैंको लगतै काठमाडौको खुशिबुँ रोडमा नै अर्को नयाँ पार्लर विस्तार गर्ने कार्य गंगावाट भएको छ।

Jamuna Beauty 2

गंगाले मेकअप गरेका धेरै कलाकार तथा मोडलका फोटोहरु एक से एक भएतापनि गाईजात्राको बेलामा मेरी बाँस्सैका धुर्मुसे र सुन्तलीलाई बूढो बनाएर साथमा तरुनी सुषमा अधिकारी राखेर खिचेको फोटोले साहै हंसाउने गरेको प्रतिक्रिया गंगाले दिएकी छन्। उक्त फोटो खिच्दा मुस्कान पासा र फटौरी बूढीको गेटअपमा धुर्मुसे र सुन्तली देखिदा नायिका सुषमा अधिकारीका साथमा आफूपनि हाँसेको हाँस्यै भएको हालसम्म पनि भुल्न नसकेको उनले भनेकी छन्।
प्रकाशन मिति–२०७३ साल फागुन १२ गते विहीवार ।