पिउने र पिलाउनेहरुको बहानामा सरकारी रोक–अनुगमनमा कडाइको आवश्यकता

काठमाडौ। पिउनका लागि नेपालमा कुनै न कुनै बहाना चाहिन्छ। बहाना मिल्नासाथ महंगा रक्सीको खोलो बगाउने परम्परा नेपालीहरुमा देखिएको छ। परम्परागत रुपमा भोजभटेर तथा विवाह उत्सवहरुमा पिउने र पिलाउने प्रचलनमा परिवर्तन भएको छैन्। जुन यथावत रहेको छ।

Drinking women 1

आधुनिकतासँगै पिउने बहानामा जस्तोसुकै समय र मौसममा पनि पिउनेहरुका कारण नेपालमा मदिरा पसलहरुको व्यापार पहिलाको तुलनामा निक्कै बृद्धि हुन थालेको छ। बरु, प्रत्येक टोल तथा गल्लीहरुमा औषधि पसल हुंदैन्।

ती टोलहरुमा कुनै न कुनै मदिरा पसल हुने गरेको पाइएको छ। अर्कोतर्फ होटल तथा रेष्टुरेन्टहरुमा मदिरा राखिएन भने व्यापार नै नहुने व्यवसायीहरुको भनाई रहेको छ। नेपालीहरुमा देखिएको यस प्रकारको मदिरा प्रेमले गर्दा अनाहकमा नेपालीहरुमा अनेक रोग लाग्ने गरेको र त्यसको निराकरण गर्न नेपाल सरकारले बेला बेलामा अनेकन उपाय गरेको पाइन्छ।

यसैक्रममा यो हप्ता नेपाल सरकारले २१ वर्षमुनिकाले मदिरा किन्न नपाउने गरी ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति’ ल्याएको छ । मन्त्रिपरिषद्ले सोमबार पारित गरेको नीतिमा सार्वजनिक समारोह, विवाह, उत्सवलगायतमा समेत मदिरा निषेध गरिएको छ।
सरकारी मात्र नभएर सार्वजनिक निकायबाट समेत आयोजना हुने कार्यक्रममा मदिराजन्य पदार्थको प्रयोग र वितरण पूर्ण रूपमा निषेध गर्ने नीतिमा उल्लेख छ। नीतिमा बिहान ५ देखि साँझ ७ बजेसम्म फुटकर मदिरा खरिद बिक्री गर्न नपाइने व्यवस्था छ।

?????????????????????????????????????????????????????

फुटकर मदिरा किन्नेले एक दिनमा न्यूनतम एक लिटरभन्दा बढी खरिद गर्नसमेत बन्देज लगाइएको छ। यो बन्देज र रोकमा कडा रुपमा अनुगमन नभएसम्म सार्वजनिक रुपमा चुरोट खानेहरुलाई तत्काल नगद एक सय रुपैया जरिवाना गर्ने नियम जस्तै हावाको गफ हुने हो कि भन्ने डर हुन थालेको छ। तसर्थ, सरोकारवाला तथा संवन्धित निकाय यस कार्यमा कडाइका साथ लाग्न र लगाउन अत्यन्त आवश्यक छ।
प्रकाशन मिति–२०७३ साल फागुन १४ गते शनिवार ।