एमालेको मेची—महाकाली अभियान तयारी बैठक

maitrinews

 

काठमाडौँ,फागुन १५ गते । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्यो ।
बैठकमा यही फागुन २१ गतेदेखि हुने मेची–महाकाली राष्ट्रिय अभियानको तयारीका सन्दर्भमा
भइरहेका कामको समीक्षा गरियो । अभियानको सिलसिलामा सातवटै प्रदेश कमिटी, जिल्ला कमिटी,
निर्वाचन क्षेत्रीय कमिटी र अन्य मातहतका कमिटीसहित जनसंगठनहरुका तहगत बैठकहरु सम्पन्न भएका
छन् । सबै जिल्लामा अभियानका टोलीहरु निर्माण गरी घरदैलो कार्यक्रम, पर्चा तथा अपिल वितरण,
स्वयम्सेवकको तयारी र प्रचार टिमको निर्माण, खाना तथा आवासको तयारीका कामहरु तीव्र गतिमा
भइरहेको रिर्पोटिङ प्राप्त भएको छ । अभियानमा पार्टी अध्यक्ष, बरिष्ठ नेताहरु, केन्द्रीय नेताहरु, सासंदहरु
सहितको एक हजार जनालाई अघि कामस जिल्लामा पार्टीका शुभचिन्तका घर–घरमा आवासको ब्यवस्था
मिलाउनका लागि तयारी भइरहेको छ । स्थायी टीममा स्वयमसेवक, स्वथ्यकर्मी, कलाकारहरु, सञ्चार टिम
पनि स्थायी रुपमा रहने छन् ।
सुरक्षा र अन्य कामका लागि केन्द्रदेखि स्थानीय स्तरसम्म स्वयम्सेवको व्यवस्था गरिनेछ । यो
अभियानमा देशभर १० हजार स्वयमस् ेवकहरुलाई आवश्यक तालिम र प्रशिक्षणसहित परिचालित गरिनेछ ।
सुरक्षा र प्रशासनिक निकायहरुसँग केन्द्र र स्थानीय तहबाट समन्वय गरिनेछ । यसका लागि जिम्मेवारी
समेत तोकिएको छ ।
यो अभियान राष्ट्रिय एकता तथा सामाजिक सद्भावलाई अझ सुदृढ बनाउने उद्देश्यले सञ्चालित
गरिएको हुनाले साथै संविधान कार्यन्वयन, सबै तहको निर्वाचनको सुनिश्चितता गर्दै मुलुकको समृद्धिको
दिशामा ठोस योगदानसमेत गर्ने भएकाले मेची–महाकाली राष्ट्रिय अभियानमा सबै राजनीतिक दलहरु, संघ
सस्थाहरु, नागरिक समाज साथै आमजनसमुदायबाट सकारात्मक सहयोगको अपेक्षा गरिन्छ ।
बैठकले यही फागुन १२ गते जनकपुरमा नेकपा (एमाले) धनुषा क्षेत्र नं. ५ का अध्यक्ष तथा पत्रकार
महासंघका पूर्व केन्द्रीय कोषाध्यक्ष शीतल शाहमाथि भएको सांघातिक आक्रमणको निन्दा र भत्र्सना गरेको
छ । घटनामा संलग्न अपराधीहरुलाई तत्काल गिरफ्तार गरी कारवाही गर्न सरकारको ध्यानाकर्षण समेत
गरेको छ ।