राजदूतमा सिफारिस भएका तीन विवादास्पद व्यक्तिको नाम फिर्ता हुने

Prime Minister of Nepal

काठमाडौ। नेपाल सरकारले गत सोमबार १४ मुलुकको राजदूतमा सिफारिस गरेकामध्ये विवादास्पद व्यक्तिको नाम फिर्ता लिने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विवादास्पद नाम फिर्ता लिन राजदूत सिफारिसमा परेकाहरूको नाम तत्काललाई संसदिय सुनुवाई समितिमा नपठाउन मन्त्रिपरिषद कार्यालयका अधिकारीलाई निर्देशन दिएको समाचार स्रोतले बताएको छ।

राजदूत सिफारिसमा परेका आशा लामा (यूएई), शर्मिला पराजुली ढकाल (ओमन) र रमेश कोइराला (कतार) को नाम फिर्ता लिने तयारी गरेको हो। नेपाली कामदार बढी जाने ती मुलुकमा लामा, पराजुली र कोइरालाको व्यावसायिक स्वार्थसमेत हुने भएकाले नाम फिर्ता लिन सरकारलाई तीव्र दबाब परिरहेको छ ।
प्रकाशन मिति–२०७३ साल फागुन १६ गते सोमवार ।