तराईमा एमाले प्रवेशको लहर, गौरमा मात्रै एकै दिन आठ सयले गरे एमाले प्रवेश

काठमाडौँ,फागुन १६ । तराई–मधेसमा एमालेको पकड निकै कमजोर भयो भन्ने हल्ला चलिरहेका बेला नेकपा एमालेले तराई–मधेस केन्द्रित मेची–काली अभियान गर्ने भएको छ । यही फागुन २१ बाट झापाको काकडभिट्टाबाट सुरु गर्ने मेची–काली अभियान महाकालीको कञ्चनपुरमा पुगेर अन्त्य हुने एमालेले जानकारी दिएको छ । १५ दिने अभियानका क्रममा राजमार्ग केन्द्रित १५ भन्दा बढी सभाहरु गर्ने एमालेको तयारी छ । यस्तो तयारी एमालेले गरिरहेका बेला तराई–मधेसमा एमाले प्रवेशको लहर चलेको छ । आइतबार मात्रै मधेसी समुदायको पकड मानिएको रौतहट जिलको गौरमा गौरमा एमाले जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा करिब आठ सयले एमाले प्रवेश गरेका छन् ।
मधेस आन्दोलनको धम्की दिइरहेका तराई–मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतोले नेतृत्व गरेको दल सद्भावना, संघीय समाजवादी फोरमलगायत दलका केन्द्रीय र जिल्ला तहकै नेताहरु एमालेमा प्रवेश गरेपछि एमाले मधेसमा पनि बलियो रहेको प्रमाणित भएको छ । आइतबार एमाले वरिष्ठ नेता माधवकुमार, एमालेका नेताहरु डाक्टर वंशीधर मिश्र, सासंद्हरु लालबाबु यादव, रामकुमार भट्टराईलगायतका नेताको उपस्थितिमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका हुन् । त्यति धेरै सङ्ख्यामा एमाले प्रवेश गरेपछि तराई–मधेसमा एमालेको महोल नै वेग्लै देखिएको नेताहरुको भनाई छ । रौतहटका एमाले सासंद् रामकुमार भट्टराईका अनुसार स्वतन्त्र बुद्धिजीवी शम्भु शाह, विद्धु सिंहलगायतका नेता पनि एमाले प्रवेश गरेका छन् ।