एमालेले तराईमा शक्ति देखाइदिनेछ : केपी ओली

काठमाडौँ,१६ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मेची–महाकाली अभियानका क्रममा एमालेको एक झलक देखाई दिने दाबी गर्नुभएको छ । चन्दागिरी नगरपालिकाको अगुवाईमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नु हुदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस्तो दाबी गर्नुभएको हो ।

‘हामी मेची–महाकाली अभियानका क्रममा केही झलक देखाइदिन्छौँ,’उहाँले भन्नुभयो, ‘एक दिन होइन १५ दिन तराई–मधेसमा मानवसागर उर्लिने छ । त्यही झलकले एमालेको पकड तराई–मधेसमा कस्तो छ । थाहा हुन्छ । उहाँले एमालेले पैसा खाएर सरुवा, बढुवा र राजदूतमा सिफारिस गर्ने पार्टी नभएको भन्दै केही दिन अघि कांग्रेस–माओवादीले सिफारिस गरेका राजदूतप्रति व्याङ्ग्य गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘प्रष्ट हुनुहोस्,एमालेले सरुवा, बढुवा र राजदूत पैखा खाएर बनाउँदैन ।’ उहाँले नेविसंघले अहिले चुनाव हार्ने डरले स्ववियु चुनाव भाँड्न खोजेको आरोप पनि लगाउनुभयो । स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो हुने डरले केहीले भाँड्न खोज्ने आशंका रहको दाबी गर्नुभयो ।