व्यवसायिद्वारा चुनावी खर्चलाई स्वच्छ, पारदर्शी बनाउन आग्रह

काठमाडौं, १६ फागनु । राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष पद्य ज्योतिको नेतृत्वमा पदाधिकारीहरुको टोलीले आसन्न ३१ वैशाखमा हुने घोषणा भएको स्थानीय निकाय निर्वाचनको विषयलाई लिएर निर्वाचन आयोगका आयुक्तहरुसंग भेटघाट गरेको छ । भेटघाटमा अवसरमा प्रमख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नेपाली जनताले लामो पर्खाई पछि स्थानीय निकायको निर्वाचनको घोषणा भएकोले यसलाई सफल तुल्याउन सबै क्षेत्रले सहयोग गर्नुपर्ने वताए । व्यवसायिक समुदायले पनि आर्थिक चन्दा व्यवस्थापन लगायतका आफ्ना चासोका विषयहरु लिएर छलफलका लागि आएकोमा धन्यवाद दिँदै उनले निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउन एवं आर्थिक चलखेल हुन नदिन हरसम्भव प्रयास गर्ने प्रतिवद्धता जनाए ।
अध्यक्ष पद्यज्योतिले लोकतन्त्रको सुदृढिकरणका लागि हुने सबै निर्वाचनमा व्यवसायिक समुदायको सहयोग रहने नै छ तर विगतका निर्वाचनहरु झैं अव्यवस्थित रुपमा करकाप र जबजस्तीपूर्ण चन्दाको माग नहोस् भन्ने व्यवपसायीको माग रहेको वताए । यसका लागि उद्योगी व्यवसायीहरुले व्यक्तिगत उम्मेद्वाार वा सैयौं राजनीतिक दलहरुलाई पटक पटक चन्दा दिनुको सट्टा सामूहिक रुपमा कुनै कोषमा एकै पटकमा सहयोग जम्मा गर्ने वातावरण भएमा निर्वाचनको चन्दा व्यवस्थापनका लागि अझ सहज हुन्छ भन्ने सुझाव दिएकोउनले वताए ।
उपाध्यक्ष कुश कुमार जोशीले नेपाली समाजमा व्याप्त भ्रष्टाचारको एक मूल कारण राजनीतिक दलका आर्थिक गतिविधिहरु पारदर्शी नभएर भएको वताउादै दल तथा उम्मेद्वाारहरुले स्थायी लेखा नम्बर लिने, बैंक चेकको प्रयोग गर्ने जस्ता सामान्य प्रचलनबाट पनि धेरै सुधार गर्न सकिने धारणा राखे । निर्वाचन आयोगले आसन्न निर्वाचनमा दलहरुको आम्दानी र खर्चको व्यवस्थापनका लागि ल्याउने नियम तथा आचारसंहिताहरुलाई निजी क्षेत्रले पूर्ण समर्थन गर्ने र दलहरुबाट ती नियमहरुको व्यवहारिक परिपालना गर्नका लागि पनि खबरदारी गर्ने उनले वताए ।
राष्ट्रिय व्यवसायिक पहलका महासचिव एवं नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्रवीर मालाकारले २०७२ मा भएको संविधान सभाको निर्वाचनमा चेकबाट आर्थिक सहयोग प्रदान गर्ने अभियानले गर्दा जबजस्र्ती लिइने चन्दामा प्रभावकारी नियन्त्रण भएको वताए । आगामि निर्वाचनमा पनि यो पद्दतिलाई निरन्तरता दिनुपर्दछ । यस पटक पनि व्यवसायिक समुदायको तर्फबाट मुख्य मुख्य नगरहरुमा निर्वाचन पर्यवेक्षण गर्ने हाम्रो योजना रहेको छ । निर्वाचन आयोगले बनाउने निर्वाचन आचारसंहितालाई कडाईका साथ लागू गरी चन्दा आतंकलाई निर्मूल गरौं भनी सबै सरोकारवालाहरुमा आह्वान गर्न चाहेको वताए । भेटघाटमा प्रमुख आयुक्तका साथमा आयुक्तज्यूहरु इश्वरी प्रसाद पौड्याल र नरेन्द्र दाहाल र सचिव गोपीनाथ मैनाली उपस्थिति थिए भने पहलको तर्फबाट करिब एक दर्जन उद्योगी व्यवसायीहरुको उपस्थिति थियो ।