बंगलादेशमा जारी फुटबलमा मनाङ मर्स्याङ्दी पराजित

 

बंगलादेश । बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलमा खेलमा मनाङ मस्र्याङ्दी क्लव पराजित भएको छ । नेपालको मनाङ मर्स्याङ्दी र माल्दिभ्सको टिसी स्पोर्टस् बीच हिजो साँझ भएको खेलमा टिसीले मानाङलार्इ १–० ले पराजित गरेको हो ।
टिसी स्पोर्टसबाटका तर्फबाट नफुल अलीले खेलको ८२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । टिसी स्पोर्टसबाट नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङले गोल पोष्ट सम्मालेका थिए । मनाङका खेलाडीले पटक–पटक गरेको प्रहारलाई किरणले उत्कृष्ट बचाउ गरे । नेपाली राष्ट्रिय टोलीका मुख्य गोलकिपर किरण ुम्यान अफ दी म्याचु भए
अर्को सेमिफाइनल खेल आयोजक चितोगोङ अवहानी र कोरियाली क्लबबीच मंगलबार हुँदैछ । चिटगन स्थित रङ्गशालामा भएको खेलमा नेपाली दर्शकको बाक्लो उपस्थिति देखिन्थ्यो ।
फागुन १७ गते ।