लिभरपुलसँग आर्सनल ३—१ ले पराजित

maitrinews

काठमाडौँ । इंग्लिस प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको लिभरपुलले आर्सनललाई महत्वपूर्ण जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ३—१ गोल अन्तरको जित हात पारेको हो । आर्सेन बेंगरले १७ गोल गरेका आफ्ना सर्वाधिक गोलकर्ता एलेक्स सान्चेजलाई बेञ्जमा राखेका थिए, उनको यो रणनीति असफल भएको छ र, पहिलो हाफमा लिभरपुल हावी भयो ।
घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलले नवौं मिनेटमा नै फिर्मिनोको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा मानेले गोल गरेपछि पहिलो हाफमा लिभरपुल २—० को अग्रता लिन सफल भयो ।

साञ्चेज दोस्रो हाफमा मैदान प्रवेश गरे र ५७ औं मिनेटमा ड्यानी वेलब्लेकले गोलका लागि उनले नै पास मिलाइदिएका थिए । यसले आर्सनललाई खेलमा फर्काउने संकेत दिएका थिए ।

तर, अतिरिक्त समयमा लिभरपुलले गोल गर्दै आर्सनलमाथि ३—० को महत्वपूर्ण जित निकालेको छ ।

जितपछि लिभरपुल ५२ अंकसहित तेस्रो स्थानमा छ भने ५० अंक जोडेको आर्सनल पााचौं स्थानमा छ । लिग लिडर चेल्सीको ६३ अंक छ ।