बल्खुमा ३३औँ मदन–आश्रित स्मृति सभा: शीर्ष नेताद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौँ, ३ जेठ । नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा आज काठमाडौँको बल्खुस्थित मदननगरमा विशेष स्मृति सभा आयोजना गरिएको छ।

एमाले केन्द्रीय कार्यालय रहेको पुरानो स्थान मदननगरमा आयोजित समारोहमा पार्टीका शीर्ष नेताहरूको बाक्लो उपस्थिति रहेको थियो।

स्मृति सभामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी र नेता जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो। कार्यक्रममा एमालेका अधिकांश पदाधिकारी, केन्द्रीय सदस्य तथा जनवर्गीय सङ्गठनका नेता एवं कार्यकर्ताहरूको सहभागिता थियो।