सांसद फुयालको सक्रियतामा लोकसेवा परीक्षा तयारी शिविर

image2

काठमाडौँ । काठमाडौं ३ बाट निर्वाचित नेकपा एमालेका सांसद रामेश्वर फुयालले आफ्नो निर्वाचन क्षेत्र विकास कार्यक्रम बाट लोकसेवा प्रतिस्पर्धात्मक शिविर संचालन गर्नु भएको छ । उहाँले बेरोजगारीको व्याप्त समस्या रहेको बेला युवालाई सरकारी तथा सार्वजानिक सेवाका परीक्षामा प्रतिस्पर्धा गर्न सफल बनाउन कार्यक्रम संचालन गर्नु भएको हो । फागुन ३ गते देखी काठमाडौ ३ को जोरपाटी, भद्रवासमा ३ स्थानमा संचालन गरिएको तयारी कक्षा समापन गरिएको छ । कार्यक्रम अन्र्तगत अपाङ्गता भएका व्यक्तिहरुका लागी समेत लोकसेवा तयारी कक्षा संचालन गरिएको आयोजकले जानकारी दिए ।
शनिवार लोकसेवा परीक्षा जागरण शिविर उपभोेक्ता समितिले आयोजना गरेको समापन कार्यक्रममा बोल्दै सांसद फुयालले भनसुन नलाग्ने कर्माचारी प्रशासन निर्माण गर्न नयाँ जोस जाँगर भएका युवा प्रतिस्पर्धामा आउनुपर्ने बताउनुभयो । लोकसेवा प्रतिश्पर्धामा सफल हुन कठिन छ भन्ने हाउगुजी त्यागेर नियमित अध्ययन गरिए सफल भइने उहाँले बताउनुभयो । आफुले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट व्यावहारिक र उत्पादनमुखी कार्यक्रम संचालनमा जोड दिएको उहाँले बताउनुभयो । उहाँले कक्षामा सहभागी प्रशिक्षार्थीलाई सरकारी सेवा प्रवेशमा सफलता मिलोस भन्ने शुभकामना समेत दिनुभयो ।
सांसद फुयालले अभियानकै रुपमा विगतदेखि नै लोकसेवा परीक्षा तयारीलाई संचालन गरिरहनु भएको छ । विगतमा संचालन गरिएका लोकसेवा तयारी कक्षाबाट अधिकृतदेखि खरिदार सम्मका ४५ जनाले सफलता प्राप्त गरेको स्मरण गराउँदै उहाँले गरे हुँदो रहेछ भन्ने उदाहरणका रुपमा यो कार्यक्रम रहेको बताउनुभयो । आगामी दिनमा अन्य कार्यक्रमहरु समेत संचालन गरिने फुयालले जानकारी दिनुभयो । समितिका अध्यक्ष विमल अर्यालले अनुभवी प्रशिक्षक र परिश्रमी विद्यार्थीहरुले कक्षा लिएकाले कार्यक्रम फलदायी भएको बताउनुभयो ।
फागुन २२ गते ।