मधेसी मोर्चाको अवरोध हटाउँदै एमालेको मेची—महाकाली राष्ट्रिय अभियान अगाडि बढ्दै,अभियानमा दशौँ हजारको सहभागिता

 

राजविराज । संयुक्त मधेसी मोर्चाको अवरोध हटाउँदै नेकपा एमालेको मेची—महाकाली राष्ट्रिय अभियान सप्तरीको राजविराजतर्फ अगाडि बढेको छ । शान्तिपूर्ण यो अभियानलाई अवरोध नगर्न सरकार, राष्ट्रिय मानव अधिकार आयोगलगायतका सरोकारवाला निकायले गरेको आग्रहलाई बेवास्ता गर्दै मधेसी मोर्चाका नेता तथा कार्यकर्ताले इटहरीदेखि यता ठाउँ ठाउँमा अवरोध खडा गर्ने,लाठी जुलुस,कालोझण्डा देखाउँदै जवरजस्ती बजार र यातायात बन्द गराएका छन् ।
तर एमालेका अभियानमा सहाभागी दसौँ हजारको जुलुस शान्तिपूर्ण ढंगले अगाडि बढी रहेको छ ।
एमालेले फागुन २१ गतेदेखि झापाबाट यो अभियान सुरु गरेका हो ।

 मोर्चाले एमाले अभियान बिथोल्न बन्द आयोजना गरे पनि एमालेको मेची–महाकाली अभियानको विशाल जुलुश २ नम्बर प्रदेश प्रवेश गरेको छ । सप्तरीमा एमाले २ नं प्रदेशका संयोजक सत्यनारायण मण्डलको नेतृत्वमा आएको जुलुशले इनरुवाट आएको मुल जुलुशलाई स्वागत गरेको हो ।
एमाले प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले प्रदेश नम्बर २ का संयोजक मण्डललाई राष्ट्रिय झण्डा र पार्टीको झण्डा हस्तान्तरण गरेका हुन् ।


मोर्चाले सप्तरी बन्दको आयोजना गरे पनि अहिले सप्तरी प्रवेश गरेको एमालेको जलुशले राजमार्गको ७ किलोमिटर क्षेत्र पूरै ढाकेको छ । केहीबेर अघिसम्म फाट्ट फुट्ट विरोधमा उत्रेका मोर्चाका कार्यकर्ता यतिबेला कतै देखिएका छैनन् ।

एमाले अभियानलाई पहिलो मधेसी मोर्चाको पहिलो अवरोध थियो सुनसरीको इनरुवामा । जहाँ मोर्चाका ५० जना कार्यकर्ता कालो झण्डा लिएर एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध नारावाजी गर्दै थिए । तर, दशौं हजारको एमालेको मास आउँदै थियो । मासले पेल्दै जान थालेपछि विरोध गर्ने मोर्चाको समुह भाग्न थाल्यो ।

मोर्चाको समुहलाई पछाडि छोड्दै एमालेको जुलुस अघि बढेपछि कालो झण्डा लिएर उभिएकी फोरमकी पूर्व सांसद सविताकुमारी यादव आफ्नै जुत्ता फुकालेर एमालेको गाडीतिर प्रहार गर्दै किानारा लागिन् । केहीबेरमै इनरुवामा एमालेको विशाल सभा भयो मोर्चाका कार्यकर्ता भागे । एमाले नेताहरु लालबाबु पण्डित, भगवती चौधरी र जगदिश कुसियतले सभालाई सम्बोधन गरे ।

एमालेको मेची महाकाली अभियान सप्तरीको कार्यक्रमस्थल नजिकै पुगेको छ । अभियान अवरोधका लागि मधेसी मोर्चाले बन्द आयोजना गरेपछि बन्द चिर्दै सप्तरीका गाउँ गाउँबाट दशौं हजारको जुलुश कार्यक्रमस्थल तर्फ आइरहेको छ । 
कार्यक्रमस्थल गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा जम्मा हुन गाउँ गाउँबाट एमालेका जुलुशहरु आइरहेका छन् । सप्तरी सदरमुकाम नजिकका पकरी परसौनी, डाढा, डिमन, इनर्वा, वनगामकट्टी लगायतका गाउँबाट एमालेका दशौं हजारको जुलुश कार्यक्रमस्थलर्फ गइरहेको छ । 
मधेसी मोर्चाले एमालेका कार्यक्रम बिथोल्न सप्तरी बन्दको आयोजना गरेको थियो । बन्द छिचोल्दै सुनसरीको इनरुवाबाट एमालेको मुल जुलशु सप्तरी प्रवेश गरेको थियो । मोर्चाका कार्यकर्ताको अवरोधका बावजुद सप्तरीका गाउँ गाउँबाट औद्योगिक क्षेत्रतर्फ जुलुश आइरकेको छ । एमालेको जुलुश आएपछि अवरोधका लागि बसेका मोर्चाका कार्यकर्ता तितरवितर भएका छन्

आउँदो चैत ५ गते सुर्खेतमा पुगेर यो अभियानको समापन गरिने कार्यक्रम रहेको छ । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका अधिकांश नेता सहभागी हुनुभएको छ ।

फागुन २३ गते ।