बजेट निर्माणमा लाग्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक बर्षको बजेट निर्माणकार्यमा प्रभावकारी रुपमा लाग्न सचिवहरुलाई निर्देशन दिएका छन् । लक्ष्इ अनुसार बजेट खर्च हुन नसकेको वास्तविकतालाई ध्यान दिँदै यथार्थपरक बजेट तयार गर्न पनि उनले सुझाव दिए ।
सोमबार अर्थ मनत्रालयमा भएको बजेटसम्बन्धी समीक्षा गोष्ठीमा मन्त्री महराले विद्यमान नीति नियमका आधारमा बिना प्रभाव र दबाब काम गर्न कर्मचारीहरुलाई निर्दशन दिए । नीतिगत रूपमा राजनीतिज्ञहरुलाई सही बाटोमा डोर्याउन सचिवहरुलाई निर्देशन दिएका छन् । मन्त्रीपरिषद् बैठकमा आफूले कर्मचारीले साथ दिएनन् भन्ने गुनासो सुन्ने गरेको उल्लेख गर्दे मन्त्री महराले नीतिगत रूपमा राजनीतिज्ञहरुलाई ट्रयाकमा ल्याउन सचिवहरुलाई प्रभावकारी भूमिका खेल्न सचेत बनाएका हुन् ।
बजेट तर्जुमाका समयमा मन्त्रालयका सचिवहरु मन्त्री तथा राजनीतिक दलको प्रभावमा पर्ने गरेको तर्फ इंगित गर्दै उनले डिमाण्डबाट प्रभावित भई बजेट छर्ने काम नगर्न पनि सचिवहरुलाई सचेत गराए । मनोगत नभई वस्तुगत रूपमा सोचेर बजेट विनियोजन गर्नुपर्ने खाँचो उनले औंल्याए ।
फागुन २३ गते ।