त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रभु वैंकको एटिएम

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राख्दै त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।
उक्त एटिएमको उद्घाटन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायले एक समारोहका बिच गरे । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा सञ्चालित बैंकको एटिएमबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले एटिएम प्रयोग गरी सेवा लिन सक्नेछन् । उक्त एटिएमबाट बैंकका ग्राहक महानुभावहरुले अधिकतम लाभ उठाउन सक्ने बैंकको विश्वास रहेको छ ।