आज धनगढी र महेन्द्रनगरमा एमालेका दुई विशाल जनसभा, दशौँ हजारको सहभागिता

काठमाडौँ । नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियान धनगढी पुगेको छ । फागुन २१ बाट सुरु एमालेको अभियान टोलीले आज धनगढी र महेन्द्रनगरमा सभा गर्ने एमालेले जानकारी दिएको छ । बुधबार बर्दियाको राजापुर र कैलालीको लम्की र टीकापुरमा दशौँ हजारको उपस्थितिमा एमालेले भव्य सभा गरेको थियो । एमालेले आज कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमामा पनि हजारौँको उपस्थितिमा सभा गर्न लागेको हो । एमालेले शुक्रबार महेन्द्रनगरमै पत्रकारसम्मेलन गरे अभियानको सफलता बारे जानकारी दिने भएको छ । अहिले सभामा सहभागी हुन गाउँ–गाउँबाट एमालेका नेता–कार्यकर्ता र सुभेच्छुकहरु आउने क्रम जारी छ । पर्सि सुर्खेत पुगेपछि अभियान सकिने छ ।

चैत ३ गते ।