अन्तर्राष्ट्रिय इटहरी गोल्डकपको उपाधि काँकडभिट्टालाई

 

इटहरी । इटहरीमा जारी ११ औं अन्तर्राष्ट्रिय इटहरी गोल्डकपको उपाधि काँकडभिट्टाले जितेको छ । एपीएफ पूर्वाञ्चललाई १—० ले पराजित गर्दै काँकडभिट्टा विजेता बनेको हो ।
खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेनन् । दोस्रो हाफको सुरुवातमै ४९ औं मिनेटमा काँकडभिट्टाका पिटरले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि दुवै टोलीको गोल गर्ने प्रयास सफल हुन सकेन पिटरको गोल नै जितका लागि निर्णायक बन्यो । खेलको म्यान अफ दी म्याचु पनि पिटर नै घोषित भए ।
उपाधि विजेता काँकडभिट्टाले नगद दुई लाख रुपैयाँ र उपविजेता एपीएफ पूर्वाञ्चलले एक लाख रुपैया पाएको छ । प्रतियोगितामा सर्वाधिक तीन गोल गर्ने काँकडभिट्टाका खेलाडी सामसनले १० हजार रुपैया पाए । ुम्यान अफ द सिरिजु घोषित काँकडभिट्टाका नगेन मणि लिम्बुले ३२ इन्चको एलइडी टिभी पाए भने इटहरीका उदीयमान खेलाडीको रुपमा विमल मगरले २४ इन्चको एलइडी टिभी प्राप्त गर्न सफल भए ।
इटहरीमा विगत १० वर्षदेखि जारी इटहरी गोल्डकपको यो ११ औं संस्करण हो । प्रतियोगितामा नेपाल र भारतका फुटबल टिम सहभागि थिए । खेलका विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचीव केशवकुमार विष्टले शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

चैत ४ गते ।