नेपालका लागि डरलाग्दो चुनौती बन्दै छ साइवर अपराध

काठमाडौँ । आज हाम्रो समाज या राष्ट्रमा सूचना र प्रविधिको व्यापक दुरुपयोग भएको छ । अझ भनौँ, विकृति या विसंगतिहरू उत्पन्न भएका छन्, जसबाट व्यक्तिविशेष मात्र नभई सिंगो राष्ट्र प्रताडित बन्न पुगेको छ । हाम्रो समाजमा साइबर गतिविधि भनौँ या डिजिटल गतिविधिबाट व्यक्ति हत्या भएका छन् । शक्ति राष्ट्रहरूका बीचमा चिसोपना उत्पन्न भएका छन् । अतः परम्परागत रूपमा देखा पर्ने अपराधभन्दा सूचना र प्रविधिसँग सम्बन्धित अपराध बढी खतरापूर्ण छन् । अझ भनौँ, हरेक अपराध विद्युतीय अपराधमा परिणत भइरहेका छन् ।

सूचना र प्रविधि विज्ञानले ल्याएको उपलब्धि हुन् । हाम्रो समाजमा हुने गतिविधि वा मानवीय गतिविधिहरू प्रविधिमा रूपान्तरण भएका छन् । प्रविधिको छरितोपना र विश्वसनीयताको कारणले नै यो विश्वस्तरमै व्यापक र लोकप्रिय हुँदै गएको हो ।
हामीबाट हुने मानवीय त्रुटि, दुरुपयोग जेजस्ता नकारात्मक गतिविधि हुन्छन्, ती पनि प्रविधिअन्तर्गत देखा परेका छन्, जसलाई धेरै हदसम्म साइबर अपराध भनेर बुझ्न सकिन्छ । त्यस्ता गतिविधि हाम्रोजस्तो देशमा मात्र नभई विश्वमै हुने गर्छन् । हाम्रो देशको सन्दर्भमा यस किसिमको विद्युतीय गतिविधि वा डिजिटल अभ्यासलाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही अगाडि बढाएको पाइन्छ ।

सूचना प्रविधिले ल्याएको परिवर्तनपछि हामीले विचार गर्नुपर्ने कुरा के हो भने चोरी, अपराध, चोरी अपराध नै हो, डाँका अपराध डाँका अपराध नै हो र वित्तीय अपराध, वित्तीय अपराध नै हो । मात्र यसमा सूचना प्रविधि सहयोगीको रूपमा प्रयोग भएको हुन्छ । त्यस्तैगरी विद्युतीय अपराध विद्युतीय वा साइबर अपराध नै हो ।
हरेक गतिविधिमा सूचना प्रविधिको प्रयोग हुने हुँदा कुनचाहिँ कुन अपराध हो, यसलाई सही ढंगले विश्लेषण गरेर कानुनी उपचार गरिनु उपयुक्त देखिन्छ । सूचना प्रविधिले ल्याएको यस परिवर्तनशील समाजमा देखा परेका यस किसिमका दुरुपयोग वा साइबर अपराधलाई निम्न तरिकाले बुझ्न सकिन्छ(
साइबर अपराधः सामान्य अर्थमा भन्नुपर्दा कानुनद्वारा निषेधित कम्प्युटरसम्बन्धित दुरुपयोग वा अपराधहरू नै साइबर अपराध हो । यसमा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेटसँग सम्बन्धित आपराधिक गतिविधि पर्छन् । तुलनात्मक रूपमा कुरा गर्दा इन्टरनेटसँगको गतिविधिको व्यापकताले यससँग सम्बन्धित अपराधहरू विभिन्न तरिकाले बढी देखा परिरहेका छन्—
१० स्थानविशेष साइबर अपराधः स्थानविशेष साइबर अपराध भन्नाले इन्टरनेटलाई एक किसिमको स्थानको रूपमा प्रयोग भएको हुन्छ । यसमा अपराधीले इन्टरनेटलाई एक किसिमले अपराधको थलो बनाएको हुन्छ । यस किसिमको गतिविधिमा इन्टरनेट ट्राफिक बढाउन वा बढीभन्दा बढी व्यक्ति वा सर्वसाधारणमा विभिन्न गतिविधिका सामग्री वा कन्टेन्ट राखेको पाइन्छ ।
उदाहरणको रूपमा निम्न गतिविधिलाई लिन सकिन्छ । इन्टरनेटबाट हुने अश्लील हर्कत, इन्टरनेटबाट हुने वेश्यावृत्ति, अनधिकृत प्रतिलिपिको बेचबिखन, अनलाइन जुवाका गतिविधि ९सत्ताबाजी० अनलाइन गेमहरू, अनधिकृत वा राज्यले बन्देज गरेका चिजहरूको अनलाइन प्रकाशन, गोपनीयताको चुहावट, सामाजिक सञ्जालबाट दिने गालीगलौज, धम्कीलगायतका गतिविधि आदि ।
२० टुल्सविशेष साइबर अपराधः टुल्सविशेष साइबर अपराधमा कुनै व्यक्ति वा संस्थाविशेषलाई क्षति पुर्‍याउने उद्देश्यले इन्टरनेट वा अन्य माध्यमबाट विभिन्न टुल्सको प्रयोग गरी क्षति पु¥याउँछ । उदाहरणको लागि इन्टरनेट फ्रड, वित्तीय फ्रड, फिसिङ, पासवर्ड चोरी वा क्र्याकिङ आदि ।
३० टार्गेटविशेष साइबर अपराध ः टार्गेटविशेष साइबर अपराधअन्तर्गत अपराधीले कुनै कम्प्युटर प्रणाली वा नेटवर्कलाई क्षति पुयाउने उद्देश्यले पे्ररित हुन्छ । यसको उदाहरणको रूपमा इन्टरनेट ह्याकिङ वा सर्भर÷सिस्टम आक्रमण, भाइरस आक्रमण, एसक्यूएल इन्जेक्सन आदिलाई लिन सकिन्छ ।
कुनै पनि अपराध, कुनै न कुनै कारणबाट अभिप्रेति भएर गरेको वा भएको हुन्छ । तुलनात्मक रूपमा अरू अपराधभन्दा साइबर अपराध प्रविधिसँग सम्बन्धित भएकाले वा अपराधी प्रविधिसँग धेरै हदसम्म जानकार हुने हुनाले केही हदसम्म अपराध कसरी गरिएको भन्ने पहिल्याउन गाह्रो हुन्छ ।
साइबर अपराधको उद्देश्यः
कुनै पनि अपराधको पछाडि केही न केही कारण हुन्छन् । सामान्यतया यी कारणले साइबर अपराध हुने गर्छ( १। बदलाको भाव वा व्यक्तित्वमा टकराव, २। व्यक्तिगत लाभ, ३। व्यावसायिक वा व्यक्तिगत अस्वस्थ प्रतिस्पर्धा
हाल हाम्रो देशमा देखा परेको साइबर अपराधअनुसार विशेष गरेर सामाजिक सञ्जालसँग सम्बन्धित गतिविधि देखा परेका छन् । साथै इमेल सम्बन्धित गतिविधि पनि केही हदसम्म देखा परेका छन्, जसको सामान्य चर्चा निम्नअनुसार गर्न सकिन्छ—
सामाजिक सञ्जाल ः इन्टरनेटसँग सम्बन्धित गतिविधिअन्तर्गत सबभन्दा चर्चा भएको वा हुने विषय भनेको सामाजिक सञ्जाल नै हो । यसमा सामान्य व्यक्तिदेखि नेतासम्मले यसको हदसम्मको उपयोग गरेको पाइन्छ । अझ पछिल्लो गतिविधि बुझ्ने प्रयास गर्ने हो भने चुनावको लागि प्रचार(प्रसारको लागि पनि यसको उपयोग हाम्रो देशमा सुरु भइसकेको अवस्था छ भने सामाजिक सञ्जालका भनाइहरू पनि विभिन्न सञ्चारमाध्यमको समाचार बनिरहेको छ ।
तर हामीले बुझ्नुपर्ने के छ भने सामाजिक सञ्जाल आफैँमा एउटा समाज हो । जसरी हाम्रो वास्तविक समाजमा विकृति वा अपराध देखा पर्छन्, त्यसैगरी यसमा पनि सोही अपराध देखा पर्छन् र यसलाई सामाजिक दृष्टिकोणबाट हेर्दा कुनै नौलो विषय मान्नुपर्ने अवस्था भने छैन । मात्र यो एक किसिमको भर्चुअल अपराध हो ।
चर्चामा रहेका केही सामाजिक सञ्जालहरूः
फेसबुकः अहिले हरेक व्यक्ति अति नै व्यस्त रहेको अवस्थामा यसले आफ्नो टोल, बस्तीमा रहेका व्यक्तिलगायत आफन्तहरूलाई धेरै हदसम्म यस किसिमको सञ्जालले घनिष्टताको लागि महŒवपूर्ण भूमिका खेलेको छ । यसको व्यापकताका कारण विभिन्न संस्थाहरूले आफ्नो वस्तु वा सेवाको व्यापारिक प्रचारको लागि पनि यसको अरू उपयोग अरू सामाजिक सञ्जालको तुलनामा व्यापक प्रयोग गरेको पाइन्छ । तर यसको उपयोगकर्ता तुलनात्मक रूपमा बढी भएकाले यसको विकृति र अपराध पनि उत्तिकै देखिएको हो । चरित्रहत्या, ठगी अपराधका साथसाथै सामान्य परिचयबाट सुरुआत भएर हत्यामा परिणत भएका घटना सुन्नमा आइरहेका छन् ।
ट्विटरः

यो समाजप्रति केही जिम्मेवारी बोध भएकाहरूको सञ्जाल हो । यसमा समाजमा भएका घटनाहरूका बारेमा अभिव्यक्ति दिने, समाजमा प्रतिष्ठित व्यक्तिहरूको धारणाको प्रतिक्रिया दिने गतिविधि यस सञ्जालमा पाइन्छ । व्यक्तित्वको टकराव एकअर्कालाई घोचपेच जस्ता गतिविधि पनि हुने गरेका छन् । तर यस किसिमका गतिविधि फेसबुकको तुलनामा कानुनी कारबाहीको तहमा भने नआएको देखिन्छ । यो सञ्जालको प्रयोगकर्ता केही हदसम्म बुद्धिजीवी वर्ग हुने गरेकाले पनि हुन सक्छ, पीडित कानुनी उपचारको लागि अग्रसर भएको उदाहरण कमै छ । सार्वजनिक रूपमा गाली, बेइज्जती र कसैलाई लाञ्छना लगाउनु पनि एक किसिमको सामाजिक अपराध हो ।
लिंक्डइन
यो सञ्जाल एक किसिमको आफ्नो पेसा(व्यवसायसँग सम्बन्धित व्यक्तिहरूको समूहको सञ्जाल रहेको पाइएकोे छ । यसमा प्रायजसो एउटै पेसाकर्मीहरूले आफ्नो पेसासँग सम्बन्धित विषयहरूका बारेमा विचारहरूको आदान(प्रदान तथा प्रकाशन गर्ने गरेको पाइन्छ । यसमा तुलनात्मक रूपमा विकृति वा अपराध नभए पनि यो पूर्णरूपमा अपराधमूक्त भने छैन ।
यसमा वास्तविक परिचयभन्दा फरक रूपमा प्रस्तुत हुनेहरू पनि भेट्न सकिन्छ, जसबाट बौद्धिक सम्पत्तिको उचित कदर नहुन पनि सक्छ । यद्यपि यसको कानुनी उपचारको तहमा आइपुगेको अवस्था लगभग शून्यप्राय छ । अरू पनि सञ्जालहरू जस्तो( इन्स्टाग्राम, हाइ फाइभ र अरू पनि देखा पर्न सक्छन् ।
इमेलः पहिले(पहिले आदानप्रदान हुने चिठीपत्रहरू विद्युतीय माध्यम नै इमेल हो । अर्थात् हामीले नै सिर्जना गरेको वा रूपान्तरण गरेको उपलब्धि हो। यसको छिटोछरितोपनाका साथसाथै सहज र सुलभताका कारणबाटै यो लोकप्रिय र व्यापक भएको छ । धेरै हदसम्म यसको उपयोगबाट सूचनाहरू एक देशको कुनाबाट अर्को देशसम्म पुगेको अवस्था छ ।
तर यसमा पनि गलत सूचना वा ठगीका विभिन्न घटना हाम्रो देशमा पनि देखा परिरहेका छन् । यसको नियन्त्रणको लागि हाम्रो देशमा सुरु गरिएको डिजिटल हस्ताक्षरको अवधारणाले केही हदसम्म राहत मिल्ने भए पनि इमेलको व्यापकता र सर्वसुलभताले सर्वसाधारणको पहुँच हुन्छ भन्ने छैन भने अपराध अनुसन्धानमा पूर्णता नहुन सक्छ ।
समाधान या निष्कर्षः
२०६९ साल माघ २७ मा एक राष्ट्रिय दैनिकमा प्रकाशित डा। युवराज संग्रौलाको लेखमा ‘प्रहरी विवादित हुनुमा अनुसन्धान प्रणाली वैज्ञानिक नहुनु हो’ भन्ने भनाइ आजसम्म पनि सान्दर्भिक महसुस गर्न सकिन्छ । अर्थात् अनुसन्धान प्रणाली वैज्ञानिक हुनुपर्छ । यो वैज्ञानिकीकरण, अनुसन्धान गर्ने सबै निकायमा हुनु जरुरी छ । आजको सूचना प्रविधिको युगमा तुलनात्मक रूपमा प्रविधि पक्षपातीपूर्णरहित हुने हुँदा समयसापेक्ष यसलाई अनुसरण गर्दै उपयोग गर्दै जानु उपयुक्त हुन्छ र सोहीअनुरूप कानुनी आधार निर्माण गर्नुपर्छ ।
अर्थात् चेन अफ कस्टडी ९प्रमाण संकलनदेखि अदालती कारबाहीसम्मको अवस्था० सम्मको कानुनी आधारलाई पनि विचार पुर्‍याउनुपर्छ । साइबर अपराध अनुसन्धानमा निम्न कुराबाट हालसम्म प्रभावित रहेको सम्बन्धित सबैले महसुस गर्न सक्छ—
इच्छा शक्तिः सूचना प्रविधि भनेको तपाईंहामीले नै सिर्जना गरेको उपलब्धि हो । यसलाई गाह्रो मानसिकताबाट बुझ्नु हुँदैन । गाह्रो मानसिकताका कारणले होला, नेतृत्व तहमा रहेकाहरूको इच्छा शक्तिमा अन्योल बढेको देखिन्छ । यसलाई प्राविधिक दृष्टिकोण वा डिजिटल फरेन्सिक विधिवत् र सहज ढंगले समाधान गर्न सकिनेछ ।
कानुनी अवस्थाः नेपालमा हुने कुनै पनि साइबर अपराधले विद्युतीय कारोबार ऐन आकर्षित गरेको छ । यसले कानुनी दायरामात्र फराकिलो गरेको अवस्था छ र यो साइबर क्राइम कन्भेन्सनमा उल्लेख गरेजस्तै धेरै हदसम्म बुँदाहरूलाई हुबहु अपराध करार गरेको छ ।
यसमा पीडितलाई उचित क्षतिपूर्ति र पीडकलाई उचित दण्ड र जरिवानाबारे स्पष्ट मापदण्ड छैन । जस्तो( विगतमा भएको एक कम्पनीको सोर्सकोड चोरीको सीआईबीबाट अनुसन्धान भई कारबाही त गरियो तर पीडितलाई क्षतिपूर्ति भने उचित रूपमा हुन सकेन । यस किसिमको न्याय प्रणालीले पीडक फेरि पनि हौसिने अवस्था रहन्छ । अतः साइबर अपराधसँग सम्बन्धित न्याय प्रणाली समयसापेक्ष हुन जरुरी छ ।
फलामले फलामलाई नै काट्छ भनेजस्तै सूचना प्रविधिको व्यापक उपयोग भइरहेको समयमा यसैको सही छनोट र उपयोगले साइबर अपराध गतिविधि नियन्त्रण र कारबाहीको दायरामा ल्याउन सकिन्छ ।
सूचना प्रविधिको सशक्त प्रयोगः वास्तवमा सूचना प्रविधिलाई दुइटा तरिकाबाट प्रयोग गर्न सकिन्छ । पहिलोमा सूचना प्रविधि आफैँमा एउटा अध्ययन गरिने विषय हो भने दोस्रोमा यसलाई टुल्स रूपमा पनि प्रयोग गर्न सकिन्छ । फलामले फलामलाई नै काट्छ भनेजस्तै सूचना प्रविधिको व्यापक उपयोग भइरहेको समयमा यसैको सही छनोट र उपयोगले साइबर अपराध गतिविधि नियन्त्रण र कारबाहीको दायरामा ल्याउन सकिन्छ । वित्तीय, गुणस्तरीय र अपराधविशेष अनुकुलताअनुरूप सूचना प्रविधिको सशक्त प्रयोग गरी अपराधलाई नियन्त्रण गर्न र कानुनी दायरामा ल्याई कमी गर्न सकिन्छ ।
हुन त माथि उल्लेख गरिएका इच्छाशक्तिको बारेमा कुरा गर्दा यसको कुनै मापदण्ड छैन । यो एउटा आत्मविवेचना गर्ने विषय हो । तर यसबाहेक अन्य तथ्यहरूमा सम्बन्धित सबै पक्षको बहस हुनु अहिले प्रविधिको व्यापक उपयोग भएको अवस्थामा सान्दर्भिक हुन आउँछ । साइबर अपराधको प्रमाणको प्रामाणिकता, पीडकलाई दण्ड सजाय, पीडितलाई उचित क्षतिपूर्तिका विषयमा उचित मापदण्ड बनाउनु आजको आवश्यकता हो, जसले सर्वपक्षीय हित हुन जान्छ भने विद्युतीय सुशासनको प्रत्याभूतिका साथै कार्यान्वयनलाई बलियो टेवा मिल्छ ।