ललितपुर उद्योग वाणिज्य संघ ५० वर्षमा

maitrinews

ललितपुर, ८ चैत । ललितपुर उद्योग वाणिज्य संघ स्थापनाको ५० वर्ष पुगेको छ । संघले आफ्नो ५० औं स्थापना दिवसको अवसरमा राष्ट्रियस्तरको उत्पादकत्व अवार्ड दिने घोषणा गरेको छ । राष्ट्रियस्तरमा उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय उत्पादकत्व पुरस्कार दिन लागीएको संघका अध्यक्ष सविन श्रेष्ठले जानकारी दिए । विभिन्न व्यक्ति वा संस्थालाई उत्पादकत्वको गुणस्तर, उसले दिने रोजगारलगायत विभिन्न आधारमा मापन गरेर संघका अध्यक्ष श्रेष्ठले यो अवार्ड दिइने घोषणा गरे । स्वर्ण जयन्तीको अवसरमा आयोजित समारोहमा संघले आफ्नो स्वर्णजयन्ती लोगो अंकित सिक्का निष्कासन गर्ने पनि जनाएको छ ।
स्वर्ण जयन्तीको उद्घाटन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालमा लगानीको वातावरण बन्दै गएको बताए । यसरी बन्दै गएको वातारणमा लगानी गर्न आग्रह गर्दछु , उनले भने र्, गएको महिना सम्पन्न लगानी सम्मेलनले महत्वपुर्ण उपलब्धि हाँसील गरेको छ । उनले नेपालको आर्थिक विकासलाई अघि बढाउन सबै एकताबद्ध भएर लाग्नुको विकल्प नभएको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका स्वर्ण जयन्तीलाई आम उद्योगी व्यवसायीको हितमा सदुपयोग गर्नुपर्नेमा जोड दिए । संघका ललितपुर अध्यक्ष सविन श्रेष्ठ , बरिष्ठ उपाध्यक्ष रवीनद्रराज ताम्राकार , महासंघका पुर्व अध्यक्ष महेशलाल प्रधानले उद्योग वाणिज्य सम्बन्धि आआफ्ना भनाइृ राखेका थिए । यसअघि विभिन्न जातीय समाज, वस्तुगत संघ, महिला समूह सहभागिता प्रभातफेरी गरिएको थियो। सो अवसरमा कलाकार वत्सगोपाल वैद्यले बनाएको स्वर्ण जयन्ती अंकित लोगोको अनावरण गरिएको थियो ।