ए डिभिजन लिग बैशाख १५ देखि सुरु हुने
काठमाडौं । तीन वर्षदेखि अवरुद्ध बन्दै आएको ए डिभिजन लिग आगामी वैशाख १५ गतेदेखि हुने भएको छ । लिग सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ ९एन्फा० ले तीव्र गतिमा तयारी थालेको एन्फाका प्रवक्ता इन्द्रमान तुलाधरले बताए । विश्व फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसी ले सन् २०१८ सम्म क्लब लाइसनिङ सिस्टम लागू गरेको तथा लिग फुटबललाई सुचारु गर्न फिफा र एएफसीले समेत ताकेता गरिरहेकोले नेपालमा घरेलु लिग सञ्चालन गर्नुको विकल्प छैन ।
एन्फाले एकदुई दिनमा ुएु डिभिजन लिगका लागि प्रायोजकको तय गर्नेछ । एन्फाले यस वर्ष काठमाडौंका १२ वटा क्लबलाई समेटेर सहिद स्मारक ए डिभिजन लिग सुचारु गर्नेछु, तुलाधरले भने ।
लिग सञ्चालनका लागि आर्थिक पक्ष पनि बलियो बनाउनुपर्ने भएकोले लिगको पुरस्कार राशि र क्लबहरूलाई प्रदान गरिने आर्थिक अनुदान तथा सेवाका विषयमा छलफल गरिने पनि तुलाधरले बताए । उनका अनुसार विगतमा भन्दा लिगको पुरस्कार घटाउने र क्लबको तयारी खर्च बढाउन एन्फा लागेको छ । लिगका लागि वैशाख १ गतेदेखि खेलाडी अनुबन्धनको प्रक्रिया पनि सुरु हुनेछ ।
यसपटक सहभागी क्लबलाई रेलिगेसनको मापदण्ड नराखिने पनि तुलाधरले बताए । नेपालले सन् २०१८ बाट एएएफसी क्लब लाइसनिङलाई अनिवार्य रूपमा लागू गर्ने भएकाले अर्को वर्षदेखि लाइसेन्सका लागि प्रक्रिया पुर्याउने सबै जिल्ला, क्षेत्र र क्लबहरूलाई लिगमा समावेश गरिने र रेलिगेसनको मापदण्ड पनि त्यसैबेला राखिनेछ । पुरानो संरचनाअनुसार सहिद स्मारक लिग सञ्चालन गर्न लागिएकोले यस पटक ुबीु बाट ुएु डिभिजनमा प्रवेश गरेको एनआरटी र च्यासलले भाग लिन पाउने छैन ।
एन्फाले विभिन्न समयमा लिगलाई आआफ्नै ढंगले सञ्चालन गर्दा लिगको एकरूपतामा समेत अन्योल देखिएको थियो । हालै फिफा, एएफसी, एन्फा र ुएु डिभिजन क्लबका पदाधिकारी सम्मिलित बैठकले पनि वैशाखमा ुएु डिभिजन लिग सञ्चालन गर्ने सहमति गरेको थियो । हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिङि शेर्पा एन्फाले पटकपटक लिग सञ्चालन गर्ने कुरा गरिरहे पनि क्लबहरू अझै लिग हुन्छ भनेर विश्वस्त बन्न नसकेको बताउँछन् । ुलिग हुन्न भनेर एन्फाले कहिल्यै भनेको छैन तर, लिग गर्ने हो भने अब ढिला गर्नु हुन्न । लिग नहुँदा पुराना खेलाडी पलायन हुँदै गएका छन । नयाँ खेलाडी आउने बाटो पनि ठप्प भएको छ । विभिन्न जिल्लामा हुने गोल्डकप र एउटै खेलाडीको सहभागिताले फुटबलको स्तर माथि नजाने कुरालाई एन्फा नेतृत्वले बुझ्नु आवश्यक छ,ु शेर्पाले भने ।
एन्फाले नियमिति लिग सञ्चालन गर्न नसक्दा पछिल्लो तीन वर्षमा सयौं खेलाडी पलायन हुने अवस्था आएको शेर्पाले बताए । ुलिग नहुँदा क्लब फुटबल र खेलाडीको अवस्था धराशायी बन्दै गएको छ । अहिले विभागीय टोलीबाहेकका क्लबलाई खेलाडी जुटाउन नै समस्या भएको छ । नियमित लिग नहुँदा खेलाडीमात्र होइन प्रशिक्षक र रेफ्रीको रोजीरोटीसमेत गुम्दै गएको छ । राम्रा खेलाडीसमेत जुन भेटिन्छ त्यही प्रतियोगिता खेल्न बाध्य छन्,ु शेर्पा भन्छन् ।
नेपालमा २०११ सालदेखि सञ्चालन हुन थालेको सहिद स्मारक लिग विभिन्न समयमा आआफ्नै कारण रोकिँदै आएको छ । बर्सेनि हुनुपर्ने लिगले हालसम्म ४२औं संस्करण पार गरेको छ । फुटबल खेलको विकासमा लिगलाई नियमित गराउने उद्देश्यले नेपाल सरकारले मात्र एन्फालाई अहिले बर्सेनि ६० लाख रुपैयाँ सहयोग पनि गर्दै आएको छ । यसअघि लिगका लागि सानमिगेल बियर, रेडबुलजस्ता कर्पोरेट हाउसले प्रायोजन गरेका थिए । पछिल्लो समय लिगले नियमितता नपाउँदा प्रायोजक पनि हराउँदै गएको अवस्था छ ।
यसअघि २०६७ सालसम्म सहिद स्कारक ुएु डिभिजन लिगको रूपमा सञ्चालन हुँदै आएको लिगलाई २०६८ सालमा राष्ट्रिय लिगको रूपमा सञ्चालन गरिएको थियो । त्यसपछि बीचमा पुनस् सहिद स्मारक ुएु डिभिजनकै नाममा लिग गरेको एन्फाले पछिल्लो पटक २०७०र७१ सालमा मोफसलको केही टोलीलाई समेटेर होम एन्ड अवेका आधारमा राष्ट्रिय लिग खेलाएको थियो । एन्फाले २०७०र७१ सालमा आएर काठमाडौं बाहिरका झापा, मोरङ, रूपन्देही र सुदूरपश्चिमको कैलालीलाई समावेश गरी राष्ट्रिय लिग सञ्चालन गरेको थियो ।
पहिलो पटक होम एन्ड अवेको आधारमा खेलाइएको राष्ट्रिय लिगमा जिल्लाका चारसहित काठमाडौंको थ्रीस्टार, मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय लिगको उपाधि थ्रीस्टारले जितेको थियो । एन्फा नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाएका कारण ुएु डिभिजन क्लब फ्रेन्ड्स, सरस्वती, मच्छिन्द्र र हिमालयन शेर्पा क्लबलाई भने कारबाही गर्दै सहभागिताबाट वञ्चित गरिएको थियो । अर्को ए डिभिजन क्लब संकटाले आर्थिक कारण देखाउँदै राष्ट्रिय लिग नखेल्ने निर्णय लिएको थियो ।
चैत ९ गते ।