लण्डन आक्रमणकारीबारे अनुसन्धान गरिने
लण्डन । ब्रिटिश प्रधानमन्त्री टेरेसा मेले संसद् भवनबाहिर बुधबार आक्रमण गरेका व्यक्ति ब्रिटेनमै जन्मिएको र इस्लामिक अतिवादसँग उनको सम्बन्धबारे सुरक्षाकर्मीले एकपटक अनुसन्धान पनि गरेको बताएकी छन्।
संसद्लाई सम्बोधन गर्दै मेले आक्रमणकारी त्यति महत्वपूर्ण व्यक्ति नभएको र उनले आक्रमण गर्न सक्ने कुनै पूर्व संकेत नपाइएको बताइन्।
आक्रमणमा ज्यान गुमाउनेहरुको सम्झनामा संसद्मा एक मिनेटको मौनधारणपछि प्रधानमन्त्री मेले भनिन्, ूहामी डराएका छैनौँ। आतंकवादका कारण हामी कदापि डगमगाउने छैनौँ।ू
उनले थप प्रहरी र सशस्त्र प्रहरी सडकहरुमा परिचालन गरिने संसद्लाई जानकारी समेत गराइन्।
चैत ११ गते ।