भूमध्य सागरमा डुंगा दुर्घटना, २४० जना अफ्रिकी आप्रवासीको मृत्यु

maitrinews

लिविया । लिबिया नजिकै भूमध्य सागरम डुंगा दुर्घटना हुँदा २४० जना अफ्रिकी आप्रवासीको मृत्यु भएको छ । अहिलेसम्म पाँचवटा शव भेटिएको जानकारीमा उल्लेख छ । स्प्यानिश च्यारिटी प्रोएक्टिभ ओपन आर्म्सले सो कुराको जानकारी दिएको हो ।
प्रोएक्टिभ ग्रुपका अनुसार आफ्नो समूहको गोल्फो अजूरोको लिबियाली तटबाट करिब १५ किलोमिटर टाढा रबरको डुङ्गाको नजिकै पाँचवटा शव तैरिरहेको देख्यो । प्रोएक्टिभकी प्रवक्ता लौराले भनिन्, ‘हामीले पाँचवटा शव बाहिर निकाल्यौं । डुङ्गाको आकारबाट यसमा २५० भन्दा धेरै मानिस सवार भएको दाबी गर्न सकिन्छ ।’
यस्तो हरेक डुङ्गामा करिब १ सय २० देखि १ सय ४० व्यक्ति यात्रा गर्ने गर्दछन् । जसको शव भेटिएको छ उनीहरु अफ्रिकी नागरिकको हो जसको उमेर १६ देखि २० वर्ष अनुमान गरिएको छ,’ उनले भनिन् ।
इटलीका कोस्ट गार्डका प्रवक्ताले पनि पाँच शव बरामद गरेको पुष्टि गरेका छन् । उनले भने, ‘सबै शवलाई प्रोएक्टिभ ग्रुपको जहाज गोल्फ अज्जुरोमा राखियो र यो जहाज कुनै पनि आकस्मित स्थितीसँग जुध्नका लागि उक्त स्थानमा तैनाथ रहनेछ ।’

युरोपेली संघ र टर्की बिच भएको एक सम्झौता पछि ग्रीस जाने सबै बाटो बन्द गरेपछि अफ्रिकी आप्रवासीको ठूलो संख्या अब भूमध्यसागतको बाटो हुँदा उक्त स्थान आउने गर्दछन् ।
एक अन्तर्राष्ट्रिय संगठनका अनुसार यस वर्ष अहिलेसम्म भूमध्यसागर पार गर्ने कोसिसमा ५५९ आप्रवासीको मृत्यु भइसकेको छ । यस्तै पछिल्लो वर्ष ५ हजार आप्रवासीले यस्तै कोसिसमा आफ्नो ज्यान गुमाएका थिए ।
चैत ११ गते ।