अमेरिकी राष्ट्रपति ट्रम्पव्दारा ओबामाको जलवायु परिवर्तन नीति खारेज
अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायु परिवर्तन नियन्त्रण गर्न लक्षित ओबामा प्रशासनका नीतिहरु खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
आफ्नो आदेशले उर्जा उत्पादनमा नयाँ युगको सुरुवात हुने ट्रम्पले टिप्पणी गरेका छन्।
तर वातावरणविद्हरुले ट्रम्पको आदेशले वैज्ञानिक तथ्यलाई नकारेको भन्दै त्यसले देशभित्रमात्रै नभइ विश्वभर नै नकरात्मक प्रभाव पार्ने चेतावनी दिएका छन्।
राष्ट्रपति ट्रम्पले ओबामा प्रशासनको नीतिलाई ुकोइलामाथिको युद्धु तथा ुरोजगारी अन्त्य गर्ने नियमुका रुपमा व्याख्या गर्दै आफ्नो पछिल्लो कदमसँगै अब त्यसको अन्त्य भएको बताए।
उनले भने, ूआजको कार्यकारी आदेशसँगै, मैले अमेरिकी उर्जामाथिका बन्देजहरु हटाउने ऐतिहासिक निर्णय लिएको छु। यसले सरकारको हस्तक्षेप रोक्नेछ र रोजगारी अन्त्य गर्ने नियमहरु खारेज हुनेछन्ू।
चैत १६ गते ।