विश्वकप छनोटमा उरुग्वे लगातार तेस्रो पटक पराजित

उरुग्वे । विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा उरुग्वेले लगातार तेस्रो पराजय ब्यहोरेको छ । २३ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको उरुग्वे आज सम्पन्न खेलमा पेरुसँग उसकै मैदानमा २—१ ले पराजित भएको हो ।
खेलको ३०औं मिनेटमा कार्लोस साञ्चेसको गोलमार्फत अग्रता बनाएको पाहुना टोली उरुग्वेले त्यसयता दुई गोल खान पुग्यो । चार मिनेटपछि नै गुरेरोको गोलमार्फत बराबरी गरेको पेरुले ६२औं मिनेटमा फ्लोरेसको गोलमार्फत अग्रता बनायो र त्यसलाई जोगाइराख्न सफल भयो ।
विश्वकप दक्षिण अमेरिकी छनौटमा उरुग्वेको यो हृयाट्रिक हार हो । उसले यसअघि ब्राजिलसँग ४—१ र दक्षिण अमेरिकी च्याम्पियन चिलीसँग ३—१ को पराजय ब्यहोरेको थियो ।
चैत १६ गते ।