अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो सुरु

maitrinews

काठमाडौं । “शान्ति, सम्बृद्धि तथा स्वच्छ वाताबरणको लागि पुष्प व्यवसाय” भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३ शुरु भएको छ । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयकोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा चैत १७ गतेबाट ४ दिन सम्म चल्ने यो मेला उपराष्ट्रपति नन्द बहादुर पुनले गरे ।
मेलामा भाग लिन आउने बिदेशी पाहुनाहरु नेपाल आइसकेको र उनिहरुले ल्याउने प्रबिधीका सामाग्रीहरु पनि नेपाल ल्याइसकिएको जानकारी दिदै फ्यान अध्यक्ष कुमार कसजुले प्रदर्शनीहलमा ब्यबशायीले आफ्ना स्टल सजाउने काम सकिसकेको छन् । उनीहरुले उपत्यका भित्र कार्यालय समयमा हुने ट्राफिक जाम छल्दै बिहान र बेलुकी नर्सरीबाट फूल तथा बोटबिरुवा ल्याएका छन् ।
मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष राखिएको छ ।
यो तेस्रो अन्तराष्ट्रिय फ्लोरा एक्स्पो बाट पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास एशोसिएशनले लिएको छ । साथै पुष्प व्यवसायको क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने जानकारी दिदै महासचिब मिन बहादुर तामाङले प्रबिधी बिस्तारका लागि भारत, बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरिया लगायत मुलुकबाट पुष्प व्यवसायीहरुलाइ मेलामा सहभागी गराइएको बताए ।
नेपालमा बि.स. २०११ मा नेपाल प्राइभेट नर्सरीको स्थापना संगै सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय आ.ब. २०७२÷७३ सम्म आई पुग्दा हाल ३९ जिल्लामा लगभग ६७८ पुष्प व्यवसाय बिस्तार भईसकेको छ । यो व्यवसायवाट लगभग १४८ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४१,००० भन्दा बढि व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध भई रहेको छ ।
चैत १६ गते ।