शेयरको दरखास्त फाराममा नागरिकता तथा फोटो समावेश गर्नु नपर्ने

काठमाडौं, धितोपत्र वोर्डले शेयरको दरखास्त फाराममा नागरिकता तथा फोटो समावेश गर्नु नपर्ने ब्यवस्था गरेको छ । वोर्डले विहिवार एक विज्ञप्ति जारी गर्दै हाल िधतोपत्रको सार्वजनिक निष्काशनमा दरखास्त दिने दरखास्तवालाहरुले दरखास्तफारमसाथ नागरिकताको प्रतिलिपि तथा फोटो पेश गर्नुपर्ने व्यवस्था रहेको भएपनि अव नपर्ने जनाएको हो ।

२०७३ माघदेखि नेपालभरि (उद्योग वा आयोजना प्रभावित क्षेत्रका वासिन्दा वाहेक) डिम्याट खाता अनिवार्य रुपमा दरखास्तफारममा उल्लेख गर्नुपर्ने र सो डिम्याट खाताखोल्दा अनिवार्य रुपमा नागरिकताको प्रतिलिपि तथा फोटो पेश गर्नुपर्ने व्यवस्था थियो । सो डिम्याट खाताबाट आवेदकको सम्पूर्ण विवरण रुजु गर्न सकिने साथै २०७३ माघदेखि लागू भएको आस्वा प्रणालीमा समेत अनिवार्य रुपमा डिम्याट खाताउल्लेख गरिने भएकोले यस प्रणालीमा पनि नागरिकताको प्रतिलिपि तथा फोटो पेश गर्नु नपर्ने व्यवस्था रहेको वोर्डले जनाएको छ । धितोपत्रको सार्वजनिक निष्काशनमा दरखास्तदिने प्रक्रियालाई थप सहज गरी लगानीकर्ताहरुलाई सुविधादिने उद्देश्यले दरखास्त फारमसाथ नागरिकताको प्रतिलिपि तथा फोटो समावेश गर्नु नपर्ने व्यवस्थागर्न सम्पूर्ण निष्काशन तथा बिक्रीप्रवन्धकलाई परिपत्र गरिएको वोर्डले जनाएको छ । तर यो व्यवस्था उद्योग वा आयोजना प्रभावित क्षेत्रका वासिन्दाले दरखास्तदिने हकमालागू नहुने वोर्डको भनाई छ ।