शेयर बजारमा शुधारको संकेत, यस साता ५४ अंक ले बढ्यो नेप्से

काठमाडौं, १८ चैत । शेयर बजामा यो साता शुधारको संकेत देखिएको छ । साताका अधिकांस दिन उकालो लागेको शेयर बजारको परिसूचक साताको अन्तिम दिन सम्ममा ५४ अंकले बढ्यो ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ४५०७२ कारोबारबाट सात अर्ब १९ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरका एक करोड ४० लाख ४१ हजार १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २४.६० प्रतिशत बढि हो । गत साता १५५ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ४१३६३ कारोबारबाट पाँच अर्ब ७७ करोड ७५ लाख ८२ हजार रुपैयाँ बराबरका एक करोड आठ लाख ३३ हजार ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५३.८१ अंकले बढेर अन्तिम दिन १५८७.६४ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १२.३४ अंकले बढेर ३४५.८२ अंकमा आईपुगेको छ ।
यस साता कारोबार रकम (४६ करोड १९ लाख रुपैयाँ) को आधारमा सानिमा बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (१० लाख ४७ हजार कित्ता) को आधारमा नेपाल बंगलादेश बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (३०५३ वटा) को आधारमा भने नेपाल बंगलादेश बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।