त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै चितुवा छिरेपछि आधा घण्टा हवाई उडान प्रभावित

 

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै चितुवा छिरेपछि आधा घण्टा हवाई उडान प्रभावित भएको छ । विमानस्थलभित्र नै चितुवा हराएको छ । विमानस्थल प्रहरीका अनुसार विमानस्थलमा चितुवा देखिएपछि अहिले तीब्र खोजी भइरहेको छ । प्रहरी र शिकारीहरु चितुवा खोज्न लागेका छन् ।

जिल्ला वन कार्यालयका प्रतिनिधि पनि विमानस्थल पुग्दैछन् । सुरुमा रन वे क्षेत्र नजिकैको पानी छिर्ने ड्रेनमै देखिएको चितुवा अहिले कहाँ पुग्यो भन्ने अन्योल छ ।
चितुवा छिरेपछि विमानस्थलको उडान(अवतरण आधा घण्टा प्रभावित भएको थियो । सबा ८ बजे विमानस्थलमा देखिएको चितुवा हराएको क्षेत्रमा प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाएको छ ।
विमानस्थलको चार नम्बर गेटबाट चितुवा छिरेको प्रहरीको अनुमान छ ।

पटक पटक विमानस्थलमा जंगली जनावर छिर्ने गरेका छ । चराले पनि विमानस्थलमा अवरोध गर्ने गरेको छ । यस्ता जनावर नियन्त्रण गर्न विमानस्थलले शिकारीको ब्यवस्था गरे पनि त्यो प्रभावकारी हुन सकेको छैन ।
चैत २१ गते