राष्ट्रियसभामा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौँ, १ असार । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल प्रारम्भ भएको छ। बैठकमा बजेटमाथि सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाहरूको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची रहेको छ।

बजेटमाथिको सामान्य छलफल सुरु हुनुअघि बैठकको आकस्मिक समयमा राष्ट्रियसभाका सदस्यहरूले समसामयिक राजनीतिक परिस्थिति र जनसरोकारका विभिन्न गम्भीर विषयहरूमा आ-आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो। आकस्मिक समय सकिएलगत्तै संसद्‌मा बजेटमाथिको सैद्धान्तिक छलफल अगाडि बढाइएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *