द ब्रिटिश कलेज र सगरमाथा नेशनल कलेजबिच सहकार्यको सम्झौता


काठमाडौं । द ब्रिटिश कलेज र सगरमाथा नेशनल कलेज, सगरमाथा
इन्जिनियरिङ कलेजको भ्रातृ संस्थाले आपसी सहकार्य गर्ने भएका छन् । दुवै
संस्थाले सहकार्यको एक सहमतिपत्रमा हस्ताक्षर गरेर आगामी दिनमा
आपसी सहयोग र समन्वय गर्ने विषयमा प्रतिवद्धता जनाएका हुन् ।
सगरमाथा नेशनल कलेजले हाल पिर्यसन एडेक्सेलबाट आइटीमा बिटेक
लेभल ३ (आइटीमा डिप्लोमा बराबर) को कार्यक्रम सञ्चालन गरिरहेको छ
। जसलाई युके डिग्री लिने मार्गको रुपमा लिइन्छ ।
द ब्रिटिश कलेजले हाल युकेको लिड्स बेकेट युनिभर्सिटी र युनिभर्सिटी
अफ वेस्ट इंग्ल्याण्डको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन
गरिरहेको छ । सहमति पत्र अनुसार अब सगरमाथा नेशनल कलेजका
विद्यार्थीहरुले द ब्रिटिश कलेजमा स्नातक तह पढ्न सक्नेछन्।
नेपालमा पश्चिमा देशहरुको बिजनेश र आइटी आउटसोर्सिङ हब बन्ने
पर्याप्त सम्भावना रहेको र त्यसका लागि आवश्यक जनशक्ति तयार गर्न
तीनवटै शैक्षिक संस्थाले सहकार्य गर्न लागेको बताइएको छ । यो सहकार्यले
नेपालमा सयौं ब्रिटिश डिग्री प्राप्त उच्च गुणस्तरीय बिजनेश र आइटी
ग्य्राजुयटहरु उत्पादन गर्न सहयोग पुर्याउने छ ।
कार्यक्रममा द ब्रिटिश कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजन
कँडेलले भने, ‘यो सहकार्यले विद्यार्थीहरुलाई दुवै तर्फबाट राम्रो शिक्षा
आर्जन गर्न मद्धत पुग्नेछ र हामी सगरमाथा नेशनल कलेजका
विद्यार्थीहरुलाई उच्च गुणस्तरीय युके डिग्री प्राप्त गर्नको लागि यो अवसर
प्रदान गर्न पाएकोमा खुशी छौं ।’
सगरमाथा नेशनल कलेजका प्रिन्सिपल रमेश श्रेष्ठले सगरमाथा कलेजबाट
आइटी पढेका विद्यार्थीहरुले द ब्रिटिश कलेज ब्याचलर गर्न पाउने अवसर
पाउँदा उनीहरुले नेपालमा नै बसेर उच्च गुणस्तरको ब्रिटिश डिग्री हासिल
गर्न सक्ने बताए ।
द ब्रिटिश कलेज सन् २०११ मा स्थापना भएको थियो । अहिले व्रिटिश
कलेजमा १२ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन्।
द ब्रिटिश कलेजले हाल बेलायतको लिड्स बेकेट कलेजको सम्बन्धनमा
बिएस्सी कम्प्युटिङ र युनिभर्सिटि अफ वेस्ट इंग्ल्याण्डबाट सम्बन्धनमा
बिबिए शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सगरमाथा नेशनल कलेजको स्थापना सन्२०१४ मा भएको थियो र यसले
हाल पियर्सन एडेक्सेलबाट आइटीमा बिटीइसी क्वालिफिकेसन्स लेभल ३
(आइटीमा डिप्लोमा बराबर) शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

चैत २४ गते ।