कमल थापालाई दोस्रो वरियता दिएपछि विमलेन्द्र निधि रुष्ट, मन्त्रिपरिषद् बैठक बहिष्कार गर्ने सोचमा
काठमाडौँ । कमल थापालाई दोस्रो वरियता दिने भएपछि विमलेन्द्र निधि रुष्ट हुनुभएको छ । उहाँले राजीनामा दिने सोच बनाउनुभएकोमा शेरबहादुर देउवाका दबाबमा रोकिएको छ र तर उहाँ अबको मन्त्रिपरिषद् बैठक बहिष्कार गर्ने सोचमा हुनुहुन्छ । लामो समय देखि वरियताको विवादका कारण बस्न नसकेको मन्त्रिपरिषदको बैठक आज बस्दै छ। । उपप्रधानमन्त्री तथा संघीय मामिला एवं स्थानीय विकास मन्त्री कमल थापालाई प्रधानमन्त्री भन्दा दोस्रो वरियता दिएपछि मन्त्रिपरिरषद् बैठकमा गृहमन्त्री विमलेन्द्र निधि भने उपस्थित नहुने मुडमा हुनुहुन्छ ।
गृहमन्त्री विमलेन्द निधि पहिलो कि कमल थापा पहिलो वरियता भन्ने विवादले करिब तिनसाता देखि बस्न नसकेको मन्त्रिपरिषदको बैठक विवाद समाधान भएपछि आज बस्ने भएको हो । थापालाई दोस्रो वरियता दिनेगरी विवाद समाधान भए पनि गृहमन्त्री विमलेन्द निधि भने अवको क्याविनेट बैठकमा सहभागि नहुने मुडमा रहनुभएको छ ।
वरियता विवादका कारण चैत ३ देखि यता मन्त्रिपरिषदको बैठक बस्न सकेको थिएन । जसका कारण मन्त्रिपरिषदबाट गर्नुपर्ने धेरै काम प्रभावित भए ।
चैत २७ गते ।