सरकारले संविधान संशोधनको नयाँ विधेयक आज संसदमा पेस गर्ने

काठमाडौँ । सरकारले आज संविधान संशोधनको पुरानो प्रस्तावको साटो नयाँ पेश गर्ने निर्णय गरेको छ। एक महिनापछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा असन्तुष्ट मधेसी मोर्चालाई सामेल गराउने विश्वासका साथ उक्त संशोधन प्रस्ताव ल्याइन लागेको बताइए पनि प्रतिपक्षी एमाले र तराई केन्द्रित दलहरुले उक्त संशोधनलाई पनि स्वीकार नगर्ने संकेत गरेका छन्।
संविधान संशोधनमा छलफल हुन नसकेको विवादित संविधान संशोधन प्रस्ताव फिर्ता लिइ मन्त्रिपरिषदबाट सोमबार राती पारित नयाँ संशोधनको प्रस्तावलाई आजको संसदमा पेश गरिने सरकारका प्रवक्ता समेत रहेका सूचना तथा संचारमन्त्री सुरेन्द्र कार्कीले बताउनुभयो ।
ूमुख्य रुपमा सिमांकनका निम्ति सरकारले आयोग बनाउने विषय यसमा रहेको छ, मन्त्री कार्कीले भन्नुभयो ।
उक्त संशोधन प्रस्तावमा रहेका थप परिमार्जनबारे उहाँले राष्ट्रिय सभाका निम्ति पहिले गाउँपालिका, नगरपालिकाका पदाधिकारीहरु पनि मिलाएर इलेक्टोरल कलेज तयार गरिने भनिएको थियो भने अहिले चाहिं राष्ट्रिय सभाका सदस्यहरुकै इलेक्टोरल कलेज निर्वाचक मण्डल रहने भन्ने एउटा निर्णय गरियो।
सरकारका प्रवक्ता कार्कीले नयाँ प्रस्तावमा धारा २७४ मा संशोधन गरिएको पनि बताउनुभयो।
सिमांकन आयोगको गठन गर्दै मधेसी मोर्चाको माग सम्बोधन गर्न खोजेको देखिएका प्रधानमन्त्री प्रचण्डले उनीहरुकै चाहना वमोजिम प्रदेश नम्बर २ र ५ का केही स्थानहरुमा जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप्ने तर्फ पनि पहल थालेको देखिएको छ।
त्यसबारे अध्ययन गरेर तीन दिनभित्र एउटा सिफारिस प्रस्तुत गर्नका निम्ति उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको छ।
चैत २९ गते ।