एनसेलले ल्यायो ‘कलआयो बोनस पायो’ अफर

 

काठमाडौंं, ३१ चैत्र । एनसेलका सबै ग्राहकले अब विश्वकाकुनै पनि देशबाट आएको अन्तर्राष्ट्रिय आगमनकलमादुई मिनेट भन्दा बढी कुरा गर्दा दुई मिनेट बोनस टक टाइम पाउनेछन् ।

देशकै अग्रणी जिएसएम मोबाइल सेवाप्रदायककम्पनीएनसेलले आफ्ना प्रिपेड तथापोस्टपेड ग्राहककालागिबोनस टक टाइमका साथ ‘कलआयो बोनस पायो’ अफर ल्याएको छ जस अन्तर्गत एनसेल ग्राहकले अब विश्वकाकुनै पनि देशबाट आएको अन्र्तराष्ट्रिय आगमनकलमादुई मिनेट भन्दा बढी कुरा गर्दा दुई मिनेटको बोनस टक टाइम पाउनेछन् ।
नयाँ वर्ष २०७४ को उपलक्ष्यमाल्याइएको यो योजनायहि बैशाख १ गते (शुक्रबार)े देखिलागु हुनेछ । यस योजनाअन्र्तगतग्राहकले विदेशबाट आफ्ना आफन्तजन , साथीभाई र प्रियजनहरुले गरेको कल उठाई दुई मिनेट वा सो भन्दा बढी कुरा गर्दा दुई मिनेटको बोनस टक टाइम पाउनेछन् । अन्तर्राष्ट्रिय आगमनकलमा कुरा गरेको दुई मिनेट पुरा भएपछि ग्राहकले स्वतःदुई मिनेटको बोनस टक टाइम पाउनेछन् । फोनमाजतिमिनेट कुरा भएपनिग्राहकले बोनस टक टाइम एक पल्ट मात्र कुरा गरेको दुई मिनेट पुरा भएपश्चातपाउँनेछन् । यसरी प्राप्तबोनस ३ दिनको लागिमान्य हुनेछ । उक्तबोनसबाट ग्राहकले एनसेलको नेटवर्क भित्र कुरा गर्न सक्नेछन् ।

“हाम्राआदरणीय ग्राहकलाई नयाँ वर्ष २०७४ को शुभकामना स्वरुप यो ‘कलआयो बोनस पायो’ योजनाल्याइएको हो । ग्राहकले विदेशमा रहेका आफ्ना प्रियजनबाट आएको फोन उठाएर बोनस टक टाइम प्राप्तगर्दै एनसेल नेटवर्कमा रहेका अन्यआफन्तजनतथा साथीभाइसँगथप सम्पर्कमा रहनसक्नेछन्,” एनसेलकाकपोर्रेट संवाद विज्ञ मिलनशर्माले भने ।

एनसेलका सबै प्रिपेड तथापोष्टपेड ग्राहकले १७१२६ मा डायल गरी प्राप्तनिर्देशनअनुसार यो योजनानिःशुल्क सुचारु गरीलाभलिन सक्नेछन् । त्यसैगरी, ग्राहकले अंग्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो योजनामा सामेल हुन सक्छन् ।यो योजनातीनमहिनाको लागिमान्य हुनेछ ।